Khabarpato logo

         

अपराध

मादी सामूहिक हत्या : ५ दिनदेखि प्रहरी र युट्युबरसँगै थिए अभियुक्त

न्युज कारखाना

न्युज कारखाना

मादी सामूहिक हत्या : ५ दिनदेखि प्रहरी र युट्युबरसँगै थिए अभियुक्त

गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका- १ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो । परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो ।  अनुसन्धानको ५ दिनसम्म सामूहिक हत्यामा संलग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन ।

हत्यारा भने अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाइरहेको जस्तो भूमिका खेलेर प्रहरीसँगै घुलमिल थिए । उनी थिए मृतक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्की । शुक्रबार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो । उनलाई सुरुदेखि नै प्रहरीले शंकाको घेरामा राखेको थियो । तर, ठोस प्रमाण फेला नपरेका कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन । अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर पक्राउ परे ।

तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्तिसमेत उनै लोकबहादुरले हुन् । घटनाको रिपोर्टिङका लागि पुग्नेहरू पत्रकार तथा स्थानीयले उनलाई खोजे । उनले घटनाबारे थुप्रै अन्तर्वातासमेत दिएका छन् ।

‘बडाउ तेजबहादुरको दुश्मनी कोहीसँग थिएन’, एउटा अन्तर्वातामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा । बडाउ एकदमै सहयोगी समाजसेवी हुनुहुन्थ्यो ।’ तर, घटनाको अनुसन्धान गरिरहेको प्रहरीले ‘सुनचाँदी, पैसा घरमै रहेछ भनेको छ नि ?' भन्ने प्रश्नमा उनले भनेका छन्, ‘रिसइबीले नै हो कि जस्तो छ । यो घटना गम्भीर छ ।’

एउटा परिवारको पूरै वंश सखाप हुने गरी भएको सामूहिक हत्याकाण्डले सबैको ध्यान तानेको थियो । घटनास्थलमा पुगेका संचारकर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले सहजीकरणसमेत गर्ने गर्थे । यहाँसम्म कि उनले अनुसन्धान टोलीलाई खाना पकाउन पनि सघाइरहेका थिए । उनीहरूलाई सागसब्जी जुटाउन पनि सहयोग गरिरहेका थिए ।

उनले बडाबाबु (तेजबहादुर कार्की)सहित ६ जना आफन्त गुमाउनुपरेकामा बिलौना गर्दै तेजबहादुर सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको बताउँदै आएका थिए । घटना घटेको दिन मृतक तेजबहादुरलाई पहिलो पटक उनैले देखेर हल्ला गरेका थिए । अन्ततः तिनै लोकबहादुर सामूहिक हत्याकाण्डको दोषी बने । लोकबहादुर मृतक तेजबहादुरका साइनोमा भतिजो हुन् ।

मृतकको घरदेखि करिब १०० मिटरको दूरीमा अभियुक्त कार्कीको घर छ । तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आक्रमण गरी हत्या गरेको लोकबहादुरले स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ । उक्त घटना देखेपछि बडीआमा कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको हत्या गरेको बयान दिएको अधिकारी बताउँछन् ।

तेजबहादुरले आफूलाई हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्यान लिएको लोकबहादुरले बताएको जनाइएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी लोकबहादुर शंकाको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् ।

तर, घरका अन्य सदस्य पनि आएपछि अरूलाई पनि मार्न बाध्य भएको भनेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार आफन्त लोकबहादुलाई पक्राउ त गर्‍यो  तर एक जनाबाट बिहान यस्तो घटना कसरी संभव भयो भन्ने प्रश्न उब्जिएको छ । आज प्रहरीले पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्दै छ । 

को हुन् लोकहादुर ? 

हत्या अभियुक्त लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढ्न छाडेको थिए । छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि वर्ष दिन नपुग्दै गाउँमा फर्किएका थिए ।

६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाइ छ । त्यसको डेढ वर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे । तर, त्यहाँबाट पनि ९ महिना नपुग्दै घर फर्किए । राति कहिल्यै घरमा नबस्ने, कहिले राति घरबाटै हराउने, गाउँका बेकामे केटाहरूसँग बिनाकाम डुली हिँड्ने लोकबहादुरका विशेषता रहेछन् । आमाको गत २६ चैतमा निधन भएपछि बुबा र भाइसहित ३ जना बस्दै आएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…