Khabarpato logo

         

राजनीति

फातिमालाई ओलीले भने, 'सभामुखको भूमिकाले एमसीसी अघि बढेन, अहिले हाम्रो हातमा छैन'

न्युज कारखाना

न्युज कारखाना

फातिमालाई ओलीले भने, 'सभामुखको भूमिकाले एमसीसी अघि बढेन, अहिले हाम्रो हातमा छैन'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकाका कारण एमसीसी अघि बढ्न नसकेको बताएका छन् ।

अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलसँग आफ्नै निवास बालकोटमा शिष्टाचार भेट गर्दै ओलीले सत्तामा हुँदा आफूले अघि बढाउन खोज्दा विभिन्न व्यक्तिबाट अवरोध भएको र अहिले प्रतिपक्षीमा भएकाले आफ्नो हातमा नभएको स्पष्ट पारे ।

भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईका अनुसार ओलीले सत्ताको पोजिसन क्लियर नभएसम्म अहिले एमसीसीमा धारणा नबनाउने जवाफ दिएका थिए ।

'एमसीसीको विवादका विषयमा उहाँहरु (फातिमा)ले आफ्नो धारणा सुनाउनुभयो । यहाँको अवस्थालाई हेरेर धेरै कुरा स्पष्ट पारेका छौं । लामो समयसम्म नगोसिएसन भएर टुंगिएको विषय हो । अहिले जुन विवाद आयो यो नहुनु पर्थ्यो जस्तो लाग्छ भन्नुभयो,' भट्टराईले भने, 'ओलीले आफूहरु सत्तामा रहँदा एउटा जिम्मेवार सरकारको नाताले अघिल्लो सरकार (देउवा) ले गरेको सम्झौता भए पनि दुइटा मुलुकबिच भएका सम्झौता निरन्तरता हुनुपर्छ भन्ने हिसाबले पार्टीभित्रै कतिपय रिजर्भेसन हुँदाहुँदै पनि अगाडि बढाउने कोसिस गरेका हौं । हामीले संसदमा टेबल गरिसकेका छौं । सभामुख लगायत केही व्यक्तिको भूमिकाको कारणले अघि बढ्न सकेन भन्नुभयो ।'

अध्यक्ष ओलीले अहिले आफूहरु प्रतिपक्षमा रहेको भन्दै एमसीसी पास हुने/नहुने सत्तारुढ गठबन्धनमा निर्भर रहेको बताएका थिए ।

'हाम्रो भूमिका बदलिएको छ । हिजो सरकारमा हुँदा हामीले जे गरेका थियौं आज विपक्षमा हहुँदा मिल्दैन । यो विषयमा सत्ता पक्षले हामीसँग कुनै छलफल गरेको छैन । कुनै निर्णय पनि आएको छैन । कुनै अप्रोच पनि गरेको छैन । यो अवस्थालाई यहाँहरुले यहीँ हिसाबले बुझिदिनुस्,' ओलीको भनाई उद्धृत गर्दै भट्टराईले भने ।

भट्टराईले सत्तारुढ दलले के गर्न चाहिरहेको भन्ने थाहै नपाएर एमाले बोल्न नमिल्ने बताए । त्यो भन्नु अपरिपक्व हुने उनको भनाई छ । 'त्यहीँ भएर हामी हतारिएर बोल्ने कुरा छैन । पहिला सत्तारुढ पार्टीको पोजिसन आओस् । सायद उहाँहरुलाई हाम्रो साथ नचाहिन पनि सक्छ । किनभने १६५ अस्ति प्रधानमन्त्रीलाई समर्थनका लागि दिइसक्नुभएको छ । जब उहाँहरुले १६५ हामीसँग किन चाहियो भनेर हामीलाई इग्नोर गरेको पनि हुनसक्छ,' उनले भने, 'हामीसँग चासो नै नराख्ने भनेपछि हामीले के बुझ्ने त ? भन्दा अहिले विपक्षी आवश्यक छैन । सत्ता दलले आफ्नो हिसाबले लिएर जाने भन्ने बुझ्नुपर्छ ।'

भट्टराईले सत्ता पक्षबाट प्रस्ताव आएपछि पार्टीले निर्णय गर्ने बताए । अध्यक्ष ओलीको कुरालाई एमसीसी उपाध्यक्ष फातिमाले सहज रुपमा लिएको भट्टराईले दाबी गरे ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…