Khabarpato logo

         

राजनीति

विरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक २५ भदौमा

न्युज कारखाना

न्युज कारखाना

विरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक २५ भदौमा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् ।

बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निर्णय प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो ।

अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठक पनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका थिए ।

एमाले सांसदले नाराबाजी नरोकेपछि उनले मागमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद संचालनमा सहयोग गर्न पटक पटक आग्रह गरेका थिए ।

उनले संविधान, नियम र कानुनअनुसार चल्न आग्रह गर्दै बैठक संचालन गर्न अनुरोध गरेका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…