Khabarpato logo

         

राजनीति

देउवापुत्रका नाममा कार्यकर्ताबीच कुटाकुट

न्युज कारखाना

न्युज कारखाना

देउवापुत्रका नाममा कार्यकर्ताबीच कुटाकुट
  • शेर भण्डारी

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले राजनीतिमा ‘डेब्यु’ गरेका छन् । जयवीरले यसपालि डडेल्धुराको गन्यापधुरा गाउँपालिका- १ बाट सदस्यता लिएका छन् । 

गन्यापधुरा गाउँपालिका- १ नम्बर वडामा नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरको नाम छ । गन्यापधुरा गाउँपालिका- १ का अध्यक्ष चेतराम भट्टले जयवीर पनि क्रियाशील सदस्य रहेको बताए ।

देउवाका एक्ला सन्तान जयवीर राजनीतिमा आएसँगै जिल्लामा भने कार्यकताबीच कुटाकुट हुन थालेको छ । सभापति देउवाको वडा गन्यापधुरा गाउँपालिका- १ मा १६ जना क्रियाशील सदस्यको नाम हटाएर जयवीरसहित १० जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक गरिएपछि अरू नेता तथा कार्यकर्ता आक्रोशित छन् । 

नामावली सार्वजनिक भएपछि विवाद उत्कर्षमा पुग्दै कार्यकर्ताबीच कुटाकुट भएको छ । मंगलबार दिउँसो बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो । 

सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो । 

क्रियाशील सदस्यताको विषयमा छलफल भइरहँदा निर्वाचन अधिकृतले एक पक्षीय साथीहरूलाई दुराशयपूर्ण तरिकाले उक्साउनुका साथै गैरजिम्मेवार अभिव्यक्ति दिएका कारण पार्टी कार्यालयमै झडप भएको कांग्रेस जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लले बताए । डडेल्धुरा कांग्रेसमा २ गुट सक्रिय छन् । 

यहाँ जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ । सभापति देउवाको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा र भीमबहादुर साउदलगायतका नेताहरू छन् । यी २ समूहबीच बेलाबेलामा पार्टीभित्रको विवाद कुटाकुटसम्म पुग्ने गरेको छ । यसअघि महिला संघको विवाद पनि कुटाकुटमा परिणत भएको थियो ।

क्रियाशील सदस्यता विवादका कारण गाउँबस्तीसम्म मुठभेड हुन सक्ने अवस्थालाई मध्यनजर गरेर प्रक्रियागत रूपमा क्रियाशील सदस्यता वितरण गरिनुपर्ने नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताए । 

प्रक्रियागत ढंगले पठाइएका क्रियाशील सदस्यहरूको नविकरण गरिएको छैन भने नयाँ सदस्यताका लागि पठाइएको नामावलीसमेत फेरबदल गरी पार्टीका कार्यकर्ताको भावनाविपरीत पार्टी सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्रको पालामा कमल थापा गृहमन्त्री हुँदा उनले गरेको निर्वाचनभन्दा अपारदर्शी रूपमा निर्वाचन गराउन खोज्नु  खेदजनक रहेको जिल्ला सभापति मल्लले बताए ।

‘आफ्नो जिल्लामा सम्पन्न गर्नुपर्ने सातौँ जिल्ला अधिवेशनका लागि सभापतिको उम्मेदवार पनि शेरबहादुर देउवाले नै तोक्छन् । यसैका लागि उनी १० वर्ष जेल बसेछन्, यसैका लागि उनलाई लोकतान्त्रिक पार्टीको केन्द्रीय सभापति बनाएका थिए । र, मतदाता नामावली पनि उनले नै तोक्ने काम गरेका छन्’, उनले भने ।

राणाकालमा श्री ३ हरूले आफ्ना जर्नेलहरूलाई निर्देशन दिएजस्तै निर्वाचन कमिटीलाई बालुवाटारबाट कडा निर्देशन दिएर मतदाता नामावली प्रकाशन गर्ने कार्यको घोर भर्त्सना गर्ने उनले चेतावनी दिए । 

निर्वाचन समितिले भन्यो : अधिवेशन स्थगित गर्ने अधिकार छैन

निर्वाचन अधिकृत तोकिएका बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार २५ भदौमा वडा अधिवेशनको मिति तोकेका छन् । तर, नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भने सातौँ जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । 

यता, नेपाली कांग्रेसको निर्वाचन समितिले डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललाई वडा अधिवेशन स्थगित गर्ने अधिकार नभएको बताएको छ । 

जिल्लामा रहेको सदस्यता विवाद समाधन नहुँदासम्म जिल्लामा अधिवेशन संचालन गर्न नसकिने भन्दै जिल्ला कार्यसमितिले अधिवेशनको कार्यलाई स्थगित गरेको सभापति मल्लले बताए । तर, जिल्ला सभापति मल्ल पक्षले निर्वाचन अधिकृतमाथि अनावश्यक दबाब दिन थालेपछि विवाद सुरु भएको देउवा समूहको तर्क छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…