Khabarpato logo

         

धितोपत्र बोर्डको प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीलाई

नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीले पाए…

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । सं…

प्रुडेन्सियल इन्स्युरेन्सको शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक शेयर …

कला/साहित्य

पत्रकारिता, जीवनी, नाटक, समालोचना, गजलका अग्रणी मोतीराम

न्युज कारखाना

न्युज कारखाना

पत्रकारिता, जीवनी, नाटक, समालोचना, गजलका अग्रणी मोतीराम

२३ भदौ १९२३ कुसेऔँसीका दिन काठमाडौंको भोसिको टोलमा पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टको सुपुत्रका रूपमा जन्मिएका मोतीरामले आफ्नो छोटो जीवनकालमा निकै राम्रा र ऐतिहासिक कार्य गरेका छन् ।

भक्ति वन्दनामा सीमित नेपाली काव्यपरम्परालाई शृंगारमा प्रवेश गराउने मोतीराम उर्दू, हिन्दी साहित्यमा लोकप्रिय काव्य विधा गजललाई नेपाली साहित्यमा भित्र्याउने प्रथम स्रष्टा पनि मानिन्छन् । मोतीरामले पहिलो पटक भानुभक्तको जीवनी लेखेर पहिलो जीवनी लेखक पनि बनेका छन्। नाटक लेखन र निर्देशन, मञ्चनमा पनि उनको क्रियाशीलता देखिन्छ ।

नेपाली पत्रकारिताका प्रथम व्यक्तित्व पनि मोतीराम नै हुन् । पहिलो पुस्तक प्रकाशकका रूपमा पनि उनलाई नै लिइन्छ भने प्रथम पुस्तकालय स्थापक पनि मोतीराम नै भएको पुष्टि भएको छ ।

३० वर्षमै भौतिक जीवन त्यागेका मोतीरामले नेपाली साहित्य, पत्रकारिता, सम्पादन, प्रकाशनमा अग्रणी बनेर सयौँ वर्ष सम्झने काम गरेका छन् । 

६ वर्षकै उमेरमा अध्ययनका निम्ति वनारस पुगेका मोतीरामले त्यहाँ फारसी, उर्दू, हिन्दी र संस्कृत भाषाको राम्रो ज्ञान लिने अवसर पाए । उर्दू, हिन्दीका शायरहरूसँगको संगतले उनलाई सशक्त कवि बनाएको पाइन्छ ।

२१ को उमेरमा वनारसबाट काठमाडौं फर्किएका मोतीरामले राणा दरबारमा कवि, साहित्यकारलाई भेला गराएर कविता, गजल सुनाउन थाले । तत्कालीन प्रधानमन्त्री श्री ३ देवशमशेरको आग्रहमा उनी कविता, गजल सुनाउँथे ।

मोतीरामका धेरै काम महत्त्वपूर्ण र ऐतिहासिक छन् । उनलाई अमर बनाउने केही कामहरूमा भानुभक्तको जीवनी लेखन, पहिलो नेपाली भाषाको पत्रिका 'गोर्खा भारत जीवन'को प्रकाशन, भानुभक्तीय रामायणको प्रकाशन आदि पर्छन् । उनी आफैँले पनि केही पुस्तक लेखेका छन् । पिकदूत, मनोद्वेग प्रवाह, गजेन्द्रमोक्ष, पञ्चक प्रपञ्च, गफास्टक, प्रह्लाद भक्तिकथा, प्रियदर्शिका, उषाचरित्र, कमल भ्रमर संवाद आदि उनका महत्त्वपूर्ण पुस्तक हुन् ।

मोतीरामले आफूले मात्र लेखेनन्, आफ्ना समकालीन युवा मित्रहरुलाई समेत कविता, गजल लेखनमा आकर्षित र प्रोत्साहन गरे । केही समकालीन मित्रलाई समेटेर मोतीमण्डलीमार्फत उनले नेपाली गजलको विस्तार र विकासमा योगदान पनि गरे । 

त्यस समयका राम्रा कविहरू लक्ष्मीदत्त पन्त 'इन्दू', गोपीनाथ लोहनी 'नाथ', नरदेव पाण्डे 'सूधा', अम्जद हुसैन 'अञ्जान'लगायतका कविहरूलाई भेला गरेर गजल सुन्ने सुनाउने, समस्यापूर्ति गर्ने, कविता काव्यबारे छलफल गर्ने कामसमेत उनले गरेका देखिन्छ ।

जम्माजम्मी डेढ दशक नेपाली साहित्यसेवामा समर्पण गरेका मोतीराम भट्ट उनले गरेका उल्लेख्य कामका लागि जीवन्त रहे, सधैँका लागि । १९५३ भाद्र कुशेऔँसीकै दिन देहावसान भएका मोतीराम नेपाली साहित्यमा पहिलो शृंगारिक कवि, नेपाली साहित्यमा गजल प्रवेश गराउने आदिगजलकार, पहिलो जीवनी लेखक, नाटककार, नाटक निर्देशक, प्रकाशक तथा पत्रकारका रूपमा आफूलाई परिचित गराएर नेपाली साहित्य र पत्रकारितालाई समेत अत्यन्तै ठूलो गुन लगाएका छन् ।

ताजा

सबै

माधव नेपाललाई होमसिक जस्तै एमालेसिक हुन्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरूएमा…

मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ: माधव नेपाल

सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभ…

प्रचण्ड र माधवले पार्टी फुटाएको ओलीको आरोप

नेकपा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले २ पटक पार्ट…

ओलीले माधवलाई भने: 'आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्र…

लोकप्रिय

सबै

कविताकृति 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासंग्रह &#…

'हात्तीजत्रो एमालेलाई बोको मात्र बनाए': महेश बस्नेत

प्रमुख प्रतिपक्षी नेकपा एमालेकेन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पक…

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । सं…

बेलायती कम्पनीले मुगाबेलाई लाखौँ डलर घुस दिएको खुलासा

बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौँडलर घु…

यो पनि

कविताकृति 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक

कविताकृति 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासंग्रह &#…

जीवन चक्रपथ

जीवन चक्रपथ

१. बाटुलो समय पनि छ समय चेप्टो पनि हुन्छ तर, घुमीघुमी एकै ठाउँमा आउने एउटा चक्रपथ …

पत्रकारिता, जीवनी, नाटक, समालोचना, गजलका अग्रणी मोतीराम

पत्रकारिता, जीवनी, नाटक, समालोचना, गजलका अग्रणी मोतीराम

२३ भदौ १९२३ कुसेऔँसीका दिन काठमाडौंको भोसिको टोलमा पिता पण्डित दयाराम भट्ट र माता…

१-९ असोजमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव

१-९ असोजमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सव

आगामी असोज पहिलो साता नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव- २०२१ (नियुफ- …