Khabarpato logo

         

अपराध

मादी हत्याको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइँदै

न्युज कारखाना

न्युज कारखाना

मादी हत्याको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइँदै
  • भविन कार्की

मादी नगरपालिका- १, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको घटनास्थल मादी- १ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्र पुगेको छ । 

आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी- १ स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपी दाहालको टोली तालिमप्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीको टोली सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गरेको छ । हत्या भएका ५८ वर्षीय कार्कीको शव सडकको भित्तामा मृत फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ ।

५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव खोल्सामा फेला परेको उनले बताए । त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र ७ वर्षीया नातिनी गोमा कार्कीको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ ।

तेजबहादुरका बुबा ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ । रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । सदरमुकाम  खाँदबारीबाट घटनास्थल पुग्न ६ घन्टा लाग्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…