Khabarpato logo

         

राजनीति

देउवा सरकारका ५६ दिन: मन्त्रिपरिषद् विस्तार भएन, सचिवालयले पूर्णता पनि पाएन

न्युज कारखाना

न्युज कारखाना

देउवा सरकारका ५६ दिन: मन्त्रिपरिषद् विस्तार भएन, सचिवालयले पूर्णता पनि पाएन

कार्यभार सम्हालेको दुई महिना पुग्न लाग्दासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेको सोमबार ५६औँ दिन भइसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन नसकेका हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार गत २९ असारमा देउवाले प्रधानमन्त्री नियुक्त भएर पदभार ग्रहण गरेका थिए । 

इतिहासमै जम्बो मन्त्रिपरिषद् गठन गरेर आलोचना खेपेका देउवाले पाँचौँ पटक प्रधानमन्त्री हुँदा भने मन्त्रिपरिषद्लाई ५ सदस्यीयमा सीमित राखेका छन् । ५ दलीय गठबन्धनका सरकार हाँकिरहेका देउवासँग गृहमन्त्री बालकृष्ण खाणसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । झन्डै २ महिनादेखि ५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरेका देउवालाई संविधानअनुसार अझै २० जना मन्त्री थप्न सक्ने अधिकार छ ।

तर, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एस) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन सरकार निर्माण भए पनि संचालन गर्न भने त्यति सजिलो छैन । मन्त्रालय बाँकी संख्या २० तर ५ दलको गठबन्धनमा आकांक्षी भने धेरै भएपछि प्रधानमन्त्री देउवा मात्र होइन, गठबन्धनभित्रका दलसमेत अप्ठ्यारोमा छन् ।

नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले ‘मन्त्रिपरिषद् विस्तारबारे २३ भदाैसम्म चुइँक्कसम्म नगर्ने’ प्रतिक्रिया दिएर गठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारमा परिरहेको किचलोलाई संकेत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्रका सबै आंकाक्षी भएकाले मन्त्री चयन गर्न समस्या परेको सुरुमै खुलाइसकेका छन् ।

‘सबै सांसद मन्त्री बन्न इच्छुक छन्, कसकसलाई बनाउने भन्नेले तनाव थपेको छ’, प्रचण्डको यो भनाइले माओवादीभित्र अधिकांश मन्त्रीका लागि इच्छुक रहेको तर व्यवस्थापन गर्न भने समस्या भएको देखिन्छ । तर, माओवादी केन्द्रले मन्त्रिपरिषदको जिम्मेवारी प्रचण्डलाई दिएझैँ नेकपा (एस)ले पनि मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको छ ।

बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि मन्त्री चयन गर्न अप्ठ्यारो परेको देखिएको छ । जसपा नेपाल विभाजित भएपछि महन्थ ठाकुर-राजेन्द्र महतो छाडेर आएका सांसदहरूलाई व्यवस्थापन गर्न सकस परेको अध्यक्ष यादवले बताउँदै आएका छन् ।

मन्त्रालयको संख्या कम तर आकांक्षी बढी भएको तथा पार्टी विभाजनका लागि ल्याइएको अध्यादेशका कारण देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न गाह्रो परेको नेताहरू बताउँछन । अर्को सानो घटक राष्ट्रिय जनमोर्चाले भने सरकारमा नजाने प्रस्ट पारिसकेको छ । 

‘सत्तारुढ घटक दलसँग प्रधानमन्त्रीले परामर्श गरिरहनुभएको छ, सबैलाई मिलाउनुपर्ने भएकाले केही समय लाग्ने नै छ’, देउवा निकट नेता पूर्णबहादुर खड्काले भने, ‘त्यसमाथि माधव नेपालले अस्ति २३ गतेभन्दा अगाडि मन्त्रिपरिषद् विस्तार नहुने भनिसकेकाले शीर्ष नेताहरूबीच केही कुराकानी भइरहेको बुझिन्छ ।’ उनका अनुसार सत्तारुढ गठबन्धनको बैठक बसेर केही दिनमा नै टुंगोमा पुग्नेछन् ।

त्यसो त देउवाले आफ्नो सचिवालयलाई पनि पूर्णता दिन सकेका छैनन् । सरकार गठनको ५६औँ दिनसम्म पनि भानु देउवालाई स्वकीय सचिव बनाउनेबाहेक अन्यलाई नियुक्ति दिएको सार्वजनिक भएको छैन, जबकि, प्रधानमन्त्री कार्यालयमा प्रमुख राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकार, आर्थिक सल्लाहकारलगायत झन्डै ४ दर्जन पदमा नियुक्ति गर्ने अधिकार हुन्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…