Khabarpato logo

समाचार

संवैधानिक परिषद्सम्बन्धी मुद्दा प्रधानन्यायाधीश जबराले नहेर्ने

खबरदाता

खबरदाता

संवैधानिक परिषद्सम्बन्धी मुद्दा प्रधानन्यायाधीश जबराले नहेर्ने

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले नहेर्ने भएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट शुक्रबार संवैधानिक इजलासको पेसीमा चढेको थियो ।

अध्यादेशअनुसार संवैधानिक परिषद्ले गरेको निर्णयमा संलग्न भएको र अध्यादेश संविधानसम्मत रहेको भनी लिखित जबाफ लेखेकाले प्रधानन्यायाधीश जबराबिनाको इजलासमा सुनुवाइ हुनुपर्ने रिट निवेदकहरूले माग गरेका छन् ।

प्रधानन्यायाधीश जबराले ४ जना न्यायाधीशको रायमा आफू सहमत हुने बताउँदा पनि रिट निवेदकहरू सहमत नभएपछि इजलास मुद्दाको मेरिटमा प्रवेश गरेन ।

इजलासमा एक्लै आएका प्रधानन्यायाधीश जबराले सुरुको र अन्तिम सुनुवाइका दिन आफू अनुपस्थित हुने जानकारी गराएका छन् । यसले संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिहरूविरुद्ध परेका मुद्दाको सुनुवाइ गर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा नबस्ने संकेत गरेको विज्ञहरू बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि