Khabarpato logo

समाचार

अफगानिस्तानबाट १ सय ६० नेपाली स्वदेश फर्किदै

खबरदाता

खबरदाता

अफगानिस्तानबाट १ सय ६० नेपाली स्वदेश फर्किदै

अफगानिस्तानबाट आज थप १ सय ६० नेपाली स्वदेश फर्किदै छन् । उनीहरू चार्टर उडानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । आज साँझ ५ बजेपछि जजिरा एयरको विमानमार्फत नेपालीहरू स्वदेश आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अफगानिस्तानस्थित विभिन्न देशको दूतावासको सुरक्षामा खटिएका अधिकांश नेपालीले काबुल छाडेका छन् । काबुलस्थित अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान र जर्मन राजदूतावासमा कार्यरत नेपालीलाई दोहा, तासकन्द, अलमाटी, साइप्रस, दुबई, कुवेत तथा लन्डन पुर्‍याइएको छ । लन्डनमा रहेका नेपालीहरू क्वारेन्टाइनमा छन् भने ट्रान्जिटमा रहेका नेपालीहरू स्वदेश फर्कने क्रममा छन् । संयुक्त राष्ट्रसंघीय मिसन र युनिसेफमा कार्यरत ४७० जनाबाहेक ग्रिन जोनमा कार्यरत करिब एक हजार नेपालीले काबुल छाडिसकेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हिजो जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट थप ८ जना नेपाली काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म २९६ जना नेपाली स्वदेश आइपुगेका छन् । गैरकानुनी रूपमा त्यहाँ पुगेका नेपालीको हकमा भने विवरण यकिन भएपछि अर्को साता उद्धारका लागि उपाय तय हुने बताइएको छ । यसैबीच अफगानिस्तानमा रहेका नेपालीमध्ये ३०० जनाले आफूहरू स्वदेश फर्कन चाहेको भन्दै कन्सुलर सेवा विभागको वेब पोर्टलमा आफ्नो विवरण टिपाएका छन् ।

त्यस्तै, परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायव शिष्टाचार महापालको नेतृत्वमा रहेको ‘सिच्युसन रुम’मा हिजो साँझ ५ बजेसम्म ४२ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । त्यसमा कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको छ । कतिपयको उद्धार भई सुरक्षित गन्तव्यमा पुगिसकेकाले रुजु गरी बाँकीको उद्धारका लागि काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रसँग सहकार्य र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि