Khabarpato logo

         

राजनीति

प्रदेश १ मा शेरधनको कुर्सी गुम्दै, को बन्ला मुख्यमन्त्री ?

न्युज कारखाना

न्युज कारखाना

प्रदेश १ मा शेरधनको कुर्सी गुम्दै, को बन्ला मुख्यमन्त्री ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले) औपचारिक रूपमा विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा रहेको एमालेको एकल बहुमतीय सरकार पार्टी विभाजनपछि अल्पमतमा परेको हो । एमाले विभाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ । एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वको खेमाले एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ ।

नेपाल खेमाको पकड रहेको प्रदेश १ मा एमाले विभाजनसँगै मुख्यमन्त्री राई नेतृत्वको सरकारको विकल्प खोज्ने प्रक्रिया थालिने विपक्षी गठबन्धनका नेताहरू बताउँछन् ।

प्रदेश १ सभामा कुल ९३ प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा पनि ४७ जना सांसद आवश्यक छ, जसमा एमालेका ५१ जना थिए । अब नेपाल नेतृत्वको एमाले समाजवादीमा १५ सांसद सामेल भएका छन् । यससँगै एमाले अब ३६ सांसदमा सीमित भएको छ । एमाले समाजवादीमा लागेका सांसद फेरबदल नभएमा एमालेलाई बहुमतका लागि थप ११ जना सांसद आवश्यक हुने देखिन्छ । केन्द्रदेखि भएको विद्यमान सत्ता समीकरणलाई हेर्ने हो भने एमालेलाई बहुमतको अंक गणित जुटाउन निकै कठिन देखिन्छ ।

नेपाल नेतृत्वको एमाले समाजवादीमा प्रदेश १ का प्रदेशसभा सदस्यहरू लछुमन तिवारी, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी र कृष्णकुमारी राई सामेल छन् ।

एमाले विभाजनपछि प्रदेशसभामा एमालेका ३६, काँग्रेसका २१, माओवादी केन्द्रको उपसभामुखसहित १५, नवगठित एमाले समाजवादीका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १र१ जना सांसद छन् । नयाँ सरकार बनाउनका लागि काँग्रेस, एमाले समाजवादी, माओवादी केन्द्र, जसपाको जोड्दा ५४ सांसद पुग्छन्, जसका कारण यही गठबन्धनबाट नयाँ मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।

सरकार परिवर्तन हुने

एमाले समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राई अब प्रदेश सरकार परिवर्तन हुने बताउँछन् । ‘अहिले ठ्याक्कै यति नै सांसद हाम्रो पक्षमा हुनुहुन्छ भन्ने अवस्था छैन । तर, हाम्रो २० जना हो’, राईले भने, ‘पार्टी नयाँ बन्दा भीम आचार्यसहित केही हेराफेरी होला । तर, सरकार ढाल्न पुग्दो संख्या हुन्छ ।’ आचार्यसहितका नेताहरू संस्थापन पक्षमा लागे पनि नेपाल पक्षमा १२ जनाभन्दा बढी सांसदहरू हुने उनको दाबी छ ।

शेरधन राई राजीनामा दिन तयार

पार्टी विभाजनले प्रदेश १ को सरकार परिवर्तन निश्चित भएपछि एमालेको ओली खेमाले नेपाल निकट नेता भीम आचार्यलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको छ । यता, मुख्यमन्त्री शेरधन राईले भने आचार्य विभाजित एमाले समाजवादीमा नजाने र बहुमत सुनिश्चित गर्ने शर्तमा आफू राजीनामा दिन तयार रहेको पार्टी बैठकहरूमा बताउने गरेका छन् । तत्कालै प्रदेश १ मा एमाले ओली खेमाले पार्टीको वा संसदीय दलको बैठक नराखेको सो समूहका नेता तथा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए । ‘तत्कालका लागि पार्टीको बैठक तथा संसदीय दलको पनि बैठक राख्ने तयारी गरिएको छैन’, उनले भने, ‘माथि भएको विभाजनको असर प्रदेशमा पनि पर्ने नै भयो तर हाम्रो पार्टीबाटै बहुमत सावित गरेर नयाँ सरकार गठनको प्रयासमा छौँ ।’

त्यस्तो नयाँ सरकार भीम आचार्यको नेतृत्वमा बन्नसक्ने कार्कीले बताए । ‘हाम्रो पहिलो प्राथमिकता भनेको शेरधन राईकै नेतृत्वमा भए राम्रो भनेका छौँ, तर पार्टीको अवस्थालाई हेरेर मुख्यमन्त्री राईले पनि राजीनामा दिन तयार भइसक्नुभएका कारण भीम आचार्यकै नेतृत्वमा बहुमतको सरकार हुन सक्छ’, उनले भने, ‘अहिले हामीले भीम आचार्यलाई मुख्यमन्त्री बन्न प्रस्ताव पनि गरिसकेका छौँ ।’

प्रदेश १ बाट एमाले समाजवादीमा कोको ?

एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट १६ जना नेताहरू समेटिएका छन् । बुधबार दर्ताका लागि निवेदन दिएको पार्टीमा वरिष्ठ नेताका रूपमा झलनाथ खनाल छन् । उनी नेपालपछिको दोस्रो वरीयतामा छन् ।

केन्द्रीय कमिटी सदस्यहरूमा जयन्ती राई (भोजपुर), जगन्नाथ खतिवडा (उदयपुर), घनेन्द्र बस्नेत (मोरङ), राजेन्द्र राई (भोजपुर), बलदेव चोधरी (उदयपुर), डा. देउमान सम्बाहाम्फे (मोरङ), भाष्कर काफ्ले (ताप्लेजुङ), रविन कोइराला (झापा), महम्मद महफुज अन्सारी (सुनसरी), नरेश खरेल (झापा) र महेश रेग्मी (मोरङ) रहेका छन् । उनीहरू यसअघि पनि एमालेका केन्द्रीय सदस्य थिए ।

प्रदेश १ मा नेपाल पक्षीय भनेर चिनिएका एमालेका सचिवद्वय योगेश भट्टराई र भीम आचार्यको नाम नयाँ पार्टीको केन्द्रीय समितिमा छैन । उनीहरूले पछिल्लो पार्टी विभाजनको विपक्षमा आफ्नो मत राख्दै जसरी पनि ओलीसँग एकता गर्नुपर्ने पक्षमा उभिएका थिए । प्रदेशमा नेपाल खेमाका भनेर चिनिएका केन्द्रीय सदस्यहरू मोरङका जीवन घिमिरे र खोटाङका राजन राई पनि ९५ सदस्यीय केन्द्रीय कमिटीमा छैनन् । उनीहरूले माधव नेपालको साथ छाडेका हो कि हैन भन्ने खुलिसकेको छैन ।

एमाले समाजवादीको केन्द्रमा प्रदेश १ बाट उदयपुरका सुरेश कार्की, पाँचथरका गणेश काङ्बाङ, मोरङकी विद्या चाम्लिङ र उदयपुरकी दुर्गा परियार पनि छन् । उनीहरू भने केन्द्रमा नयाँ अनुहार हुन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…