Khabarpato logo

         

राजनीति

लोकतन्त्रको धज्जी, अध्यादेश र दलभित्र ‘बहुदल’

खबरदाता

खबरदाता

लोकतन्त्रको धज्जी, अध्यादेश र दलभित्र ‘बहुदल’

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश बुधबार जारी गरेकी हुन् ।

अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी विभाजन भएको छ । जसपाको महन्थ ठाकुर खेमाले बुधबार नै निर्वाचन आयोगमा ‘जसपा नेपाल लोकतान्त्रिक’ दल दर्ता गरेको छ । 

आजै नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल खेमाले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन हाल्ने भएको छ । एमालेमा १२० जना सांसद छन् । अध्यादेशअनुसार एमाले विभाजन गर्न २४ जना सांसद भए पुग्छ । अहिलेकै अवस्थामा एमालेभित्र ५ वटा दल बन्न सक्ने सांसद संख्या छ । यसले पनि अब सिंगो र एक ढिक्का पार्टीलाई असर पुग्ने देखिन्छ । 

कुनै नेतामा अध्यक्ष बन्ने महत्त्वाकांक्षा जागेमा उसले २४ जना सांसद लिएर नयाँ दल खोल्न सक्छ । त्यसैले अब एउटै दलभित्र बहुदलको सम्भावना बढ्ने देखिन्छ । हिजोका समूह र गुटका नेता अब अमूक दलको अध्यक्ष भएर प्रकट हुने अवस्था सिर्जना भएको छ ।

एमाले केन्द्रीय कार्यसमिति अहिले २०३ सदस्यीय छ । मंगलबार मात्र एमालेले आफ्नो कार्यसमिति २६० भएको अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई जानकारी गराएको थियो । तर, पहिलेकै २०३ संख्यालाई आधार मान्ने हो भने ४१ जना केन्द्रीय सदस्य लिएर नयाँ दल दर्ता गर्न सकिनेछ, जबकि माधवकुमार नेपालसँग ८० जना केन्द्रीय सदस्य भएको मानिन्छ ।

सत्तारुढ कांग्रेसबाट प्रतिनिधिसभामा ६३ जना सांसद छन्, जसमध्ये २ जना निलम्बनको अवस्थामा छन् । कांग्रेस विभाजन गर्न १३ जना सांसद भए पुग्छ । कसैले २४ जना सांसद लिएर अर्को पार्टी खोल्न सक्छ । 

कांग्रेसको मौजुदा केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय हो । अध्यादेशअनुसार १७ जना केन्द्रीय सदस्य लिएर कसैले नयाँ दल दर्ता गर्न सक्छ । अहिले कांग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, सुनिलकुमार थापा, शेरबहादुर देउवालगायतका अलगअलग समूह छन् । तीमध्ये नयाँ दल दर्ता गर्ने केन्द्रीय सदस्य जुटाउन पौडेल खेमाले मात्र सक्छ । सिटौला खेमासँग अर्को दल दर्ता गर्न सक्ने सांसद र केन्द्रीय सदस्य दुवै छैनन् ।

माओवादी केन्द्रमा सभामुखसहित ४९ जना सांसद छन् । माओवादी केन्द्रका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरिशंकर चौधरी गरी ४ जना सांसद पदमुक्त भइसकेका छन् । उनीहरू एमाले प्रवेश गरेकाले माओवादीले कारबाही गरेको हो । यदि माओवादी पार्टी विभाजन गर्नुपरेमा सांसद १० जना भए पुग्छ । तर, केन्द्रीय समिति भने माओवादीको अझै अद्यावधिक भइसकेको छैन ।

माओवादीमा पार्टी विभाजन गर्न सक्ने, अर्को गुट तयार पार्ने नेताको कमी छ । रामबहादुर थापा 'बादल', टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह बाहिरिसकेकाले अध्यक्ष प्रचण्डलाई केही ढुक्क छ । तर, पछिल्लो समय नेता नारायणकाजी श्रेष्ठ पनि असन्तुष्ट छन् ।

जसपा त विभाजन नै भइसकेको छ । जसपा विभाजन गर्न ७ जना सांसद भए पुग्छ । तर, आफूसँग १६ सांसद रहेकाले महन्थ ठाकुरले नयाँ दल दर्ता गरिसकेका छन् । जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको अलगअलग गुट छ । जम्मा ७ जना सांसद मात्र चाहिने हुनाले जसपाभित्र पनि 'बहुदल'को संभावना देखिन्छ ।

न्युज कारखानाबाट

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…