Khabarpato logo

         

अर्थ/वाणिज्य

शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन विकास बैंकहरूले गरे आग्रह

खबरदाता

खबरदाता

शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन विकास बैंकहरूले गरे आग्रह

विकास बैंकहरूले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुला गरिदिन आग्रह गरेको हो ।

एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डसँग शेयर ब्रोकरको काम गर्न अनुमति माग गरेको हो । ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ’ भन्ने व्यवस्था छ । 

सोही ऐनलाई कार्यान्वयन गर्न धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदामा ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ’ भन्ने व्यवस्था गरिएको जनाइएको छ ।

विकास बैंकहरूले कम्पनी ऐन, २०६३ अनुसार स्थापना भई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त गरी बैंकिङ सेवा प्रदान गर्दै आएका छन् । 

राष्ट्रियस्तरका विकास बैंकहरूको औसत चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ नाघिसकेको छ भने एक हजारभन्दा बढी शाखाबाट करिब ४१ लाख सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै ३ लाखभन्दा बढी ग्राहकलाई कर्जा प्रवाह भइरहेको छ । यसैगरी २०७८ असार मसान्तसम्ममा ४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…