Khabarpato logo

         

अर्थ/वाणिज्य

सानिमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

खबरदाता

खबरदाता

सानिमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडाफाँट भएको छ । शनिबार कम्पनीको शेयर निश्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरका लागि प्राप्त २४ लाख १९ हजार ८४८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार ४३४ तथा अन्य कारणबाट आवेदन रद्द भएका १ लाख ६ हजार २९२ बाहेक बाँकी रहेका योग्य आवेदनहरू २३ लाख ०८ हजार १२२ वटामध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँट गरिएको छ ।

गत २० साउनदेखि २४ साउनसम्म सार्वजनिक निश्कासन खुला गरिएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयरमा कूल शेयर ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता छुट्याई बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निश्कासन गरिएको थियो । निश्कासनको करिब ४.४८ गुणासम्म आवेदन परेपछि धितोपत्र निश्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसार बाँडफाँट गरिएको बताइएको छ ।

शेयर बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेबसाइट तथा सीडीएससीको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…