Khabarpato logo

         

अर्थ/वाणिज्य

३१७९ को बिन्दु चुम्यो नेप्सेले

खबरदाता

खबरदाता

३१७९ को बिन्दु चुम्यो नेप्सेले

कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारले नयाँ उचाइ चुमेको छ । आज बजार १६.४१ अंकले बढेर नेप्से परिसुचक ३१७९ को बिन्दुमा उक्लिएको छ । यो नेप्से परिसूचकले चुमेको हालसम्मै उच्च बिन्दु हो । यससँगै हिजो नेप्सेले कायम नयाँ कीर्तिमान पनि तोडिएको छ ।

बिहीबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४६ अंकले बढेर ५९१.१६ को बिन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि साढे १७ अर्ब रुपैयाँभन्दा बढी भएको छ । 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ । आज विकास बैंक समूह सर्वाधिक ६.३७ प्रतिशतले उकालो लागेको छ ।

उ​त्पादन तथा प्रशोधन समूह १.४८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.४२ प्रतिशत, वित्त समूहमा १.०७ प्रतिशत, जीवन बीमा समूहमा ०.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत र लगानी समूहमा १.४७ प्रतिशतले वृद्धि भएको छ ।

आज व्यापार समूह सर्वाधिक १.५१ प्रतिशतले ओरालो लागेको छ । होटेल तथा पर्यटन समूह १ प्रतिशतले घटेको छ भने आज जलविद्युत समूहमा ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०८ प्रतिशत, अन्य समूहमा ०.४३ प्रतिशत र लघुवित्त समूहमा ०.१ प्रतिशतले गिरावट आएको छ ।

बिहीबार नेप्सेमा सूचीकृतमध्ये २२५ वटा कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा किनबेच भएका छन् ।

आज माथिल्लो तामाकोसीको सर्वाधिक ६२ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने आज साइन रेसुंगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख रुपैयाँ, एचआईडीसीएलको ४४ करोड रुपैयाँको कारोबार भएको छ ।

गरिमा विकास बैंकको ४१ करोड ५८ लाख रुपैयाँ, अपी पावरको ४१ करोड ५४ लाख रुपैयाँ, अरूण भ्याली हाइड्रोपावरको ४० करोड ६९ लाख रुपैयाँ, अरूण काबेली पावरको ४० करोड ३७ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४० करोड २४ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको ३७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज ७ वटा कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशत तथा युनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो ।

आज पाँचथर पावर, ओरियन्ट होटेल, सारथि नेपाल लघुवित्त र तारागाउँ रिजेन्सी होटलका शेयरधनीहरूले सर्वाधिक गुमाए । यी कम्पनीको शेयर मूल्य ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…