Khabarpato logo

         

अर्थ/वाणिज्य

कुमारी बैंकको नाफा ७२.७४ प्रतिशतले बढ्यो

न्युज कारखाना

न्युज कारखाना

कुमारी बैंकको नाफा ७२.७४ प्रतिशतले बढ्यो

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । असार मसान्तसम्ममा बैंकले २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशत बढी हो ।

अपरिष्कृत वित्तीय विवरण बैंकको खुद नाफामा उल्लेख्य सुधार भएको देखिन्छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशत बढेर ५ अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी यस अवधिसम्म बैंकको संचालन नाफा २ अर्ब ८५ करोड २० लाख ९३ हजार रुपैयाँ छ । बैंकको संचालन आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९.१६ प्रतिशतले बढको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म बैंकको यस्तो नाफा १ अर्ब ६८ करोड ६० लाख ७९ हजार रुपैयाँ थियो । 

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ रहेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षमा १०.८५ प्रतिशत बोनस शेयर वितरण चुक्ता पुँजी बढाएको यस बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ५ रुपैयाँ १७ पैसा बढेर १४ रुपैयाँ ४२ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष ७.८३ प्रतिशत बढेको छ भने निक्षेप २७.५८ प्रतिशत र कर्जा २४.६४ प्रतिशत बढेको छ । बैंकको खुद ब्याज आम्दानी, अन्य संचालन आम्दानी र संचालन मुनाफा बढेका कारण खुद नाफा बढ्न पुगेको हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…