Khabarpato logo

         

अर्थ/वाणिज्य

आजको नेप्से: १७ अर्बको कारोबार, १३ कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट

खबरदाता

खबरदाता

आजको नेप्से: १७ अर्बको कारोबार, १३ कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट

नेपाल स्टक एक्सचेञ्ज ५१.८६ अंकले बढेर ३१६१.४४ को बिन्दुमा पुगेको छ । साताको पहिलो दिनदेखि नै निरन्तर बढेको नेप्सेले मंगलबार पनि निरन्तरता पाउँदा सूचक ३१ को विन्दुमा पुगेको हो । 

नेप्से वृद्धिसँगै कारोबार रकम पनि बढेर १७ अर्ब रुपैयाँमा पुगेको छ । मंगलबार २२५ वटँ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर १ लाख ६३ हजार ९६९ पटक किनबेच हुँदा कुल १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँमा कारोबार भयो ।  

कारोबार सुरु भएसँगै उत्साहित बन्दै अगाडि बढेको नेप्से बन्द हुँदासम्म आक्रामक रूपमा बढिरह्यो, जसले गर्दा कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य बढ्न पुग्यो । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स र उपसमूहका इन्डेक्स पनि बढे ।

आज व्यापार, होटल तथा टुरिज्म, जलविद्युत् समूहबाहेकका सबै उपसमूहका सूचक बढेर हरियो बनेको छ, जसमा विकास बैंक समूहको सूचक सबैभन्दा धेरै छ । आज दुवै समूहको क्रमश: ८.०७ र ६.७८ प्रतिशतले सूचक बढेको हो । घट्नेमा भने व्यापार समूह अगाडि छ भने विगत २ हप्तादेखि निरन्तर उकालो लागिरहेको जलविद्युत् क्षेत्र पनि छ । लामो समयपछि जलविद्युत् क्षेत्रका कम्पनीको शेयर मूल्य बढ्न पुग्यो । १४ दिनसम्म शेयर मूल्य बढेपछि आज भने करेक्सन मुडमा जाँदा सो क्षेत्रको शेयर मूल्य घट्न पुग्यो । 

आज कारोबारमा आएका कम्पनीहरूमा १३७ वटा कम्पनीले शेयर मूल्य बढाउन सफल बनेका छन् भने ४६ वटा कम्पनीको शेयर मूल्य घट्न पुगेको छ । बाँकी २ कम्पनीको भने शेयर मूल्यमा कुनै परिवर्तन आएन । 

कारोबार खुलेदेखि नै बुल आक्रामक हुँदा मंगलबार १३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो, जसमा अधिकांश वित्त र विकास बैंक समूहका कम्पनीहरू छन् ।

बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामना विकास बैंक, सिन्धु विकास बैंक, जीवन विकास लघुवित्त र साइन रेसुङ्गा विकास बैंकको शेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको हो ।

यससँगै अन्य ७ वटा कम्पनीको भने सर्किट लेवलमा नै शेयर मूल्य बढ्न पुग्यो । कारोबारमा भने जलविद्युत् क्षेत्र नै अगाडि आएको छ, जसमा माथिल्लो तामाकोसीको शेयर किनबेच गर्न लगानीकर्ता धेरै झुम्मिन पुगे । यस कम्पनीको आज ८९ करोड ५८ लाख ९३ हजार ५३६ रुपैयाँको शेयर किनबेच भयो । यससँगै आज अरुण भ्याली हाइड्रो, अपि पावर कम्पनी, ज्योति विकास बैंक, अरुण काबेलीको सर्वाधिक कारोबार भएको छ । 

आजको कारोबारमा गुमाउनेमा ४६ वटा कम्पनीका लगानीकर्ताहरू छन्, जसमा सबैभन्दा धेरै सान्जेन जलविद्युत्‌का लगानीकर्ता छन् । यस कम्पनीको ५.१६ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै, सिनर्जी पावर, खानीखोला जलविद्युत्, पञ्चकन्या माई हाइड्रो, घलेम्दीलगायत कम्पनीहरूको शेयर मूल्य सर्वाधिक घटेको छ । यी कम्पीहरूको पछिल्लो २ हप्तादेखि निरन्तर शेयर मूल्य बढ्दै आएको थियो । यसैबीच लगानीकर्ताले प्रोफिट बुक गर्न लाग्दा शेयर मूल्य घट्न पुगेको हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…