Khabarpato logo

         

स्वास्थ्य

आजदेखि ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप

खबरदाता

खबरदाता

आजदेखि ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोभिड- १९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो मात्राका रूपमा ‘एस्ट्राजेनिका’ खोप आज र भोलि दिन थालिएको हो । 

भूटान र जापानबाट ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिसिल्डका रूपमा उक्त खोप लगाउन थालेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

उनले कोभिसिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेकाले लगाउन केही फरक नपर्ने जनाउँदै कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनिका लगाइएको बताए । करिब साढे ४ महिनापछि कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाएका हुन् । 

भूटानबाट २ लाख ३० हजार र जापानबाट ५ लाख १३ हजार खोप आइसकेपछि ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको हो । गत २३ फागुनदेखि १० चैतसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिसिल्ड’को पहिलो मात्रा लगाइएको थियो । तर, दोस्रो मात्राका लागि खरिद गरिएको खोप भारतबाट नआएपछि ती ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिएनन् । 

'कोभिसिल्ड' उत्पादक भारतीय कम्पनी सिरम इन्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिसिल्ड’ खोप दिन नसक्ने बताएपछि मन्त्रालयले ‘कोभिसिल्ड’ सट्टामा त्यस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने निर्णय गरेको थियो । खोप भोलिसम्म संचालन हुनेछ । उपत्यकामा १४९ वटा खोप केन्द्रबाट उक्त खोप प्रदान गर्न लागिएको हो ।  

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…