Khabarpato logo

         

कला/साहित्य

सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक: प्रज्ञाप्रतिष्ठान

खबरदाता

खबरदाता

सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक: प्रज्ञाप्रतिष्ठान

नेपाल प्रज्ञाप्रतिष्ठानले २२ साउनमा एक प्रेस विज्ञप्ति प्रकाशन गरेर महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिवारबाट मोहियानी हक हस्तान्तरण भई नेपाल प्रज्ञाप्रतिष्ठानका नाममा हकभोगमा आएको घर ‘कविकुञ्ज’ र प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका सम्बन्धमा विभिन्न संचार माध्यमहरूबाट आएका समाचारहरूका सन्दर्भमा प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिष्ठानका  कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगत्‌प्रसाद उपाध्यायद्वारा संयुक्त हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, 'काठमाडौँ महानगरपालिका वडा नं.- ३०, मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा परिवारको नाममा मोहियानी हक रहेको उक्त घर ‘कविकुञ्ज’ र उक्त घरले चर्चेको १२ आना १ दाम जग्गा नेपाल सरकारको सहयोगमा देवकोटा परिवारलाई २ करोड ५० लाख रुपयाँ उपलब्ध गराई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि नेपाल प्रज्ञाप्रतिष्ठानको हकभोगमा ल्याइएको बेहोरा सम्पूर्ण बौद्धिक जगत् र संचार माध्यमहरूलाई अवगतै छ । उक्त घर जग्गामा गुठी संस्थानको स्वामित्व यथावत् राख्दै मोहियानी हकभोग मात्र देवकोटा परिवारबाट नेपाल प्रज्ञाप्रतिष्ठानमा आएको पनि जानकारी नै छ ।'

विज्ञप्तिमा  देवकोटा परिवारका अनुसार २००० सालमा बनेको र सोही वर्षदेखि प्रयोगमा आएको उक्त घरको तेस्रो तल्ला २०१४ सालमा थपिएको उल्लेख छ । 'विगत १५ वर्षदेखि प्रयोगमा नभएको र २०७२ सालको विनाशकारी भूकम्पबाट थप क्षतविक्षत भएको उक्त घर नेपाल प्रज्ञाप्रतिष्ठानको हकभोगमा आएलगत्तै पटक पटक विशेषज्ञ प्राविधिकहरू र सरोकारवालाहरूसँग बसेर सबलीकरण गर्न सकिनेर नसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको थियो', विज्ञप्तिमा भनिएको छ, 'अवलोकन गर्दा भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटाहरू काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको, त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तला तलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमा समेत पाइला टेक्दा धसिने गरेको अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको त्रासपूर्ण अवस्थाको यथार्थ अनुभव त्यहाँभित्र पसेका प्राज्ञजन, देवकोटा परिवारजन, प्राविधिक इन्जिनियरहरू, संचारकर्मी मित्रहरूलगायत सबैलाई भएकै विषय हो ।' 

प्रतिष्ठानका अनुसार उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रस्तावित सङ्ग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको हो । सङ्ग्रहालय निर्माण गर्ने क्रममा प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा राखिनेछ र प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहनेछ । प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको फोहोरा रहनेछ । परिसरमा अवलोकनकर्ताहरूले प्रयोग गर्ने २-३ वटासम्म हलुका सवारी साधन पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिने बताइएको छ ।

सङ्ग्रहालयको भुइँ तल्लामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्यदृश्य सामग्री रहनेछन् । पहिलो तल्लामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहनेछन् । दोस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वान्‌हरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृतिहरू, शोधपत्रहरू रहने बताइएको छ ।

तेस्रो तल्ला अर्थात् अन्तिम तल्लामा सङ्ग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार-विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहनेछ । साथै भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताहरूका लागि लिफ्टको व्यवस्था गरिने  कार्यक्रम रहेको समेत उल्लेख छ । 

विज्ञप्ति अन्त्यमा भनिएको छ, 'नेपाल सरकारको सहयोग, महाकवि देवकोटा परिवारको सहमति र नेपाल प्रज्ञाप्रतिष्ठानको सक्रिय पहल तथा व्यवस्थापनबाट महाकविको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई चिरस्मरणीय बनाउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माण प्रक्रिया अगाडि बढाउन सकिएको विज्ञप्तिमा उल्लेख छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको र उनले आधा जीवनभन्दा बढी समय व्यतीत गरेको तथा पुरातात्त्विक सम्पदाका रूपमा रहेको काठमाडौंको धोबीधारास्थित मूल घरलाई समेत वास्तविक साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने गरी लाग्न देवकोटाप्रति सम्मान व्यक्त गर्ने लेखक/साहित्यकार, बुद्धिजीवी, सम्पदा संरक्षण अभियन्ता, पत्रकारलगायत सम्पूर्णमा हार्दिक अनुरोधसमेत गरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…