Khabarpato logo

         

अर्थ/वाणिज्य

फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित

खबरदाता

खबरदाता

फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित

दूरसंचार क्षेत्रको नियामक निकायका रूपमा रहेको नेपाल दूरसंचार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ ।

केही दिन अगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो । कार्यविधि पारित भएसँगै नेपालमा फाइभजी संचालनको बाटो खुलेको छ । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले फाइभजी परीक्षणका लागि कार्यविधि तयार भएको बताए । उनका अनुसार उक्त कार्यविधि तयार भएसँगै अब सबै सेवा प्रदायकले परीक्षणका लागि आवेदन दिन सक्नेछन् ।

कार्यविधिअनुसार फाइभजी तथा सम्भावित नयाँ प्रविधि परीक्षण गर्न चाहने सेवा प्रदायकले अब परीक्षण मोडालिटी, नयाँ प्रविधिबारे जानकारी, परीक्षण गरिने स्थान, उपलब्ध गराउने सेवा तथा प्रक्रिया, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी विवरण, नेवटर्क जडान तथा संचालनको समय तालिकासहितको कार्ययोजना निवेदन प्राधिकरणमा पेस गर्नुपर्नेछ ।

परीक्षणका लागि प्राधिकरणले अधिकतम एक वर्षका लागि निःशुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने र सम्पन्न भएपछि पुनः फिर्ता लिनेछ । सेवा प्रदायकले पनि परीक्षणकालभरि सेवाग्राहीबाट कुनै शुल्क उठाउन पाउनेछैन । यस्ता प्रविधि परीक्षण गर्दा सेवा प्रदायकले ग्रामीण र शहरी दुवै क्षेत्र समेट्नुपर्नेछ । स्वीकृति लिई परीक्षण सुरु गर्दा आवश्यक पर्ने हार्डवेयर तथा सफ्टवेयर आयात तथा जडान कार्य सम्पन्न गरी प्राधिकरणलाई अनिवार्य जानकारी गराउनुपर्नेछ ।

स्वीकृत भएको ३ महिनासम्म पनि आवश्यक उपकरण आयात तथा जडानसम्बन्धी कार्यमा प्रगति नदेखिएमा प्राधिकरणले रद्द गर्ने कार्यविधिमा उल्लेख छ ।

परीक्षणकालमा प्रयोग भएका उपकरणलाई सेवा प्रदायकले प्राधिकरणको अनुमति लिएर फोरजीका लागि पुनः प्रयोग गर्न सक्नेछ । प्रयोग नभएको खण्डमा प्राधिकरणकै रोहोवरमा त्यसलाई सिल गरेर राख्नु वा सम्बन्धित बिक्रेतालाई फिर्ता दिई नियामकलाई जानकारी गराउनुपर्नेछ ।

यसअघि नेपाल टेलिकमले फाइभजी परीक्षणका लागि प्राधिकरणमा आफ्नो कार्ययोजना प्रस्तुत गरिसकेको छ । फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण नभएकाले टेलिकमले फाइभजीको परीक्षण गर्न पाएको छैन । गत फागुनमा प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेन्सी निर्धारण गरेको थियो । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसँगै फाइभजी सेवा बिस्तारको बाटो खुलेको थियो ।

प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेस गरिएको थियो तर उक्त समितिले स्वीकृत गरिसकेको छैन ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…