Khabarpato logo

         

राजनीति

ओली खेमाले देउवालाई विश्वासको मत नदिने

खबरदाता

खबरदाता

ओली खेमाले देउवालाई विश्वासको मत नदिने

फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले संस्थापन र असन्तुष्ट खेमाका कार्यदलले गत २७ असारमा तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली खेमाका नेताहरू मात्र उपस्थित थिए । बैठक चलिरहेका बेला माधवकुमार नेपाल खेमाका कार्यदल सदस्यहरू पुगेर बैठक रोक्न र १० बुँदे सहमतिअनुसार अघि बढ्न आग्रह गरे पनि बैठकलाई माधव खेमाका सदस्यको अनुपस्थितिमै जारी राखिएको थियो ।

अध्यक्ष ओलीले बैठक जारी राख्ने र कार्यसूची अगाडि बढाउन भनेपछि नेपाल खेमाका नेताहरू बाहिरिएका थिए । संस्थापन खेमाका नेताहरू मात्र सहभागी स्थायी कमिटी बैठकले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट देउवाको नेतृत्वमा सरकार गठन भएको भन्दै यस सरकारलाई समर्थन नगर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए । आफ्ना पार्टीका प्रतिनिधिसभा सदस्यहरूलाई वर्तमान सरकारलाई विश्वासको मत नदिन र स्थायी कमिटी बैठकको निर्णय पालना गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…