Khabarpato logo

         

राजनीति

'माधव नेपाल जस्ता गद्दारलाई क्षमा गर्न सकिन्नँ': केपी औली

खबरदाता

खबरदाता

'माधव नेपाल जस्ता गद्दारलाई क्षमा गर्न सकिन्नँ': केपी औली

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गरेको आरोप लगाएका छन् । उनले नेपाललाई कुनै हालतमा क्षमा दिन नसकिने पनि बताएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर आज बालकोटस्थित निजी निवास फर्किएका अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार ढाल्ने माधव नेपाललाई गद्दार पनि भनेका छन् ।

अध्यक्ष ओलीले माधव नेपालका पछाडि लाग्नेहरूका सवालमा कमीकमजोरी महसुस गरेर पार्टीमा फर्किए काम गर्ने मौका दिने बताए पनि नेपाललाई भने कुनै अवस्थामा क्षमा गर्न नसकिने प्रस्ट पारे । 

'माधव नेपालको हकमा आत्मालोचना स्वीकार्ने कुनै ठाउँ छैन । यो परिस्थितिको निर्माणकर्ता नेपाल हो र अगुवाइ पनि उहाँले नै गर्नुभएको हो । माधव नेपाल जस्ता गद्दारहरूलाई कुनै क्षमा गर्न सकिन्नँ’, ओलीले भने ।

पार्टीभित्र विभिन्न शक्ति केन्द्रको घुसपैठ भएको, पार्टीभित्रका कमजोर तत्त्वहरू बिकाउमा लागेका, प्रतिक्रियावादीका पछि लागेर पार्टी र जनताको शक्तिविरुद्ध आफ्नै सरकार ढाल्न कहिले राष्ट्रपति कहाँ विरोधीलाई अघि लगाएर गएका, कहिले अदालत पुगेका ओलीको आरोप थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…