Khabarpato logo

कला/साहित्य

प्रकृति र प्राणी

अश्रु सिन्धुलीय

अश्रु सिन्धुलीय

प्रकृति र प्राणी

१. 
फूलहरू फुलून्
बास्ना पनि आओस्
ती फूलहरू त्यसै नझरून्
फल नलागीकन
फल पनि लटरम्मै लागून्
ती फलको बैँस आओस्
पाकून् र फेरि पुनरुत्पादन हुन सकून्
फेरि फूल फुलोस्
फेरि फल लागोस्
यो क्रम निरन्तर भइरहोस् 
सृष्टिको यो क्रम
नखल्बलियोस् 
अविरल यात्रा 
चलिरहोस् चलिरहोस् ।

२. 
सृष्टिको अविराम गणित
चक्रवत् चक्रवत्
घुमिरहन्छ, घुमिरहन्छ फन्फनी
थाक्दैन कहिल्यै पनि 
प्रकृति र प्राणी अन्योन्याश्रित
प्रकृति मौनताका साथ
प्राणीको रक्षा गर्छ
प्राणी सचेतताका साथ
प्रकृतिको दोहन गर्छ
अनि क्षतिपूर्तिका लागि
रक्षा गरेकै हुन्छ ।

३. 
प्रकृतिको गणित अकाट्य हुन्छ
मान्छेको गणितचाहिँँ बेलामौकामा
फेरिन्छ, फेरिइरहन्छ 
सचेत प्राणी मान्छे
कहिले सहृदयी हुन्छ
कहिले स्वार्थी हुन्छ
तर, मान्छेबिनाको 
यो मर्त्यलोकको 
कल्पना कसरी हुन्छ र ?

४. 
होला कतै अर्को लोक 
त्यो पनि त प्रकृतिभित्रै हो 
ब्रह्माण्ड पनि त ज्ञात अज्ञात प्रकृति हो
त्यसैले प्रकृति र प्राणी 
पूरक हुनै पर्छ र त सम्बन्ध रहेकै छ
तर पनि मानवताको एउटा बाटो
प्रकृतिप्रति बढी नै संवेदनशील छ
त्यही नै मौनता र कोलाहलका बीचको
अनौठो सन्तुलन बनेको छ प्रकृति र प्राणीको ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि