Khabarpato logo

         

स्वास्थ्य

दक्षिणपूर्वी एसियामा यस्तो छ कोरोनाविरुद्धको खोपको अवस्था (तथ्यांकसहित)

खबरदाता

खबरदाता

दक्षिणपूर्वी एसियामा यस्तो छ कोरोनाविरुद्धको खोपको अवस्था (तथ्यांकसहित)

दक्षिणपूर्वी एसियाका देशहरूमा कोरोनाविरुद्धको खोप लगाउने देशमा नेपाल पाँचौँ स्थानमा रहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रकाशन गरेको तथ्यांकअनुसार दक्षिणपूर्वी एसियाली १० वटा देशमध्ये नेपाल पाँचौँ स्थानमा रहेको हो । यस्तै, दुवै डोज खोप लगाउनेमा नेपाल सातौँ नम्बरमा छ । नेपालमा हालसम्म प्रति १०० जनामा १ डोज लगाउने ८.२ जना र दुवै डोज लगाउने २.३ जना रहेका छन् ।

हालसम्म १ डोज सबैभन्दा बढी लगाउने भूटान पहिलो नम्बरमा छ । उसले ६४ प्रतिशतलाई पहिलो डोज खोप लगाइसकेको छ । भूटानमा दोस्रो डोज कतिले लगाए भन्ने कुरा तथ्यांकमा उल्लेख छैन । त्यस्तै, दोस्रो नम्बरमा माल्दिभ्सले ५७.५ प्रतिशतलाई पहिलो डोज खोप लगाइसकेको छ । उसले ३२.८ प्रतिशतलाई दोस्रो डोज पनि खोप दिइसकेको छ ।

तेस्रो नम्बरमा रहेको भारतले १५ प्रतिशत जनसंख्यालाई पहिलो डोज लगाएको छ । भारतले दोस्रो डोज खोप ३.५ प्रतिशतलाई लगाएको छ । भारतपछि बढी पहिलो डोज खोप लगाउनेमा श्रीलंका छ । उसले जनसंख्याको १०.५ प्रतिशतलाई पहिलो डोज खोप दिइसकेको छ । छैटौँ स्थानमा टिमोर लिस्टे, सातौ नम्बरमा इन्डोनेसिया र आठौँ नम्बरमा थाइल्याण्ड, नवौँ नम्बरमा बंगलादेश र दशौँ नम्बरमा म्यानमार रहेका छन् ।

२१ जुनमा संकलन गरिएको तथ्यांकअनुसार बंगलादेशमा ५८ लाख २२ हजार १७७ जनाले पहिलो डोज खोप लगाएका छन् । त्यसैगरी भुटानमा ४ लाख ८४ हजार १९८ जना, भारतमा २१ करोड २४ लाख ७७ हजार ८० जना, इन्डोनेसियामा २ करोड ९ लाख ४ हजार ७२३ जना, माल्दिभ्समा ३ लाख १४ हजार १७४ जना, म्यानमारमा १७ लाख ७२ हजार १७७ जना, नेपालमा २४ लाख ५१ हजार ९२५ जना, श्रीलंकमा २३ लाख १७ हजार १२ जना, थाइल्याण्डमा ४५ लाख ३१ हजार ९१४ जना र टिमोर लिस्टेमा १ लाख ३ हजार ८१३ जनाले पहिलो डोज खोप लगाएका छन् ।

यस्तै, बंगलादेशमा ४२ लाख ५७ हजार ४९९ जना, भूटानमा उपलब्ध छैन, भारतमा ४ करोड ९२ लाख ६३ हजार १९३ जना, इन्डोनेसियामा १ करोड १६ लाख ९९ हजार २१ जना, माल्दिभ्समा १ लाख ७९ हजार ४३६ जना, म्यानमारमा १२ लाख २२ हजार ७ सय २३ जना, नेपालमा ६ लाख ९१ हजार ४९४ जना, श्रीलंकामा ६ लाख १३ हजार २०० जना, थाइल्याण्डमा १६ लाख ५६ हजार २१० जना र टिमोर लिस्टेमा ६ हजार ७१८ जनाले दोस्रो डोज खोप लगाइसकेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…