Khabarpato logo

         

राजनीति

मन्त्रिपरिषद् पुनर्गठन गर्दै ओली, जसपाबाट कोको बन्दै छन् मन्त्री ?

खबरदाता

खबरदाता

मन्त्रिपरिषद् पुनर्गठन गर्दै ओली, जसपाबाट कोको बन्दै छन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका बालुवाटार निकट स्रोतले जनाएको छ ।

पछिल्लो समय जनता समाजवादी पार्टीभित्र देखिएको फुटको कारण ओली नै भएको चर्चा भइरहँदा ओलीले आफ्नो समर्थन गरिरहेका जसपाका महन्थ ठाकुर-राजेन्द्र महतो खेमाका केही नेतालाई मन्त्री बनाउन लागेका स्रोत बताउँछ ।

स्रोतका अनुसार ठाकुर-महतो खेमाका नेतालाई विगतमा माओवादी केन्द्रले लिएका मन्त्रालय दिने तयारी छ । संभवतः आजै साँझसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गरिने ओली निकट स्रोतको भनाइ छ ।

यी नेता ओली सरकारमा सहभागी हुने जसपा निकट स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकासमन्त्री बन्नेछन् भने शरदसिंह भण्डारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । अनिल झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

यस्तै चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मियालाई वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ ।

जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी ऊर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…