Khabarpato logo

         

अर्थ/वाणिज्य

राफसाफ कोष कार्यान्वयनमा ल्याउन नेप्सेलाई बोर्डले दियो निर्देशन

खबरदाता

खबरदाता

राफसाफ कोष कार्यान्वयनमा ल्याउन नेप्सेलाई बोर्डले दियो निर्देशन

नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको छ ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्थाबमोजिम स्थापना भएको राफसाफ कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता हुने गरी कार्यान्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्रीबापतको रकम भुक्तानी हुन नसकिरहेको र धितोपत्रको दोस्रो बजार कारोबार दिनानुदिन वृद्धि भइरहेको सन्दर्भमा यसमा निहित प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न आवश्यक भएकोले धितोपत्र कारोबारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक देखिएको बोर्डले जनाएको छ ।

यो पृष्ठभूमिमा राफसाफ कोषलाई कार्यान्वयनयोग्य बनाउन आवश्यक रकम जम्मा हुने व्यवस्था अविलम्ब गर्नुपर्ने भएको भन्दै बार्डले विभिन्न व्यवस्था गर्न निर्देशन पनि दिएको छ । धितोपत्र बजार (स्टक एक्सचेञ्ज)ले व्यवस्था गर्ने राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र समान रूपमा सम्पूर्ण राफसाफ सदस्यहरू (धितोपत्र दलालहरू)को योगदान हुने गरी आर्थिक वर्ष २०७७/०७८ भित्र ५० करोड रुपैयाँ, आर्थिक वर्ष २०७८/०७९ भित्र थप ३० करोड रुपैयाँ र आर्थिक वर्ष २०७९/०८० भित्र थप २० करोड रुपैयाँ गरी कुल १ अर्ब रुपैयाँको कार्यान्वयनयोग्य कोष स्थापना र संचालन गर्नुपर्ने बोर्डले जनाएको छ । 

राफसाफ कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत रकम, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत रकम, राफसाफ सदस्यहरू (धितोपत्र दलालहरू)ले समग्रमा कोषको २० प्रतिशत रकम हुने व्यवस्था गर्न भनेको छ ।

उक्त रकमको अतिरिक्त कोषलाई जोखिममा आधारित हुने गरी सुदृढ बनाउन धितोपत्र बजार (कोष व्यवस्थापक)ले धितोपत्र दलालहरूको पछिल्लो महिनाको औसत दैनिक कारोबार रकमको १ प्रतिशत रकम चालू महिनाको १५ गतेभित्र थप गर्न लगाई गतिशील योगदानका रूपमा कोषमा जम्मा गर्नुपर्ने पनि जनाइएको छ ।

थप रकम निर्धारण गर्दा मासिक रूपमा पुनरावलोकन गर्ने र यसरी थप गर्ने रकम पछिल्लो महिनाको गतिशील योगदानभन्दा धेरै भएमा फरक रकम मात्र राफसाफ कोषमा धितोपत्र दलालले थप योगदान गर्नुपर्ने, राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलनअनुरूप हुने गरी धितोपत्र बजारले कोषको संचालक समितिको रूपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापकको रूपमा कार्य गर्नुपर्ने, उपर्युक्त व्यवस्था कार्यान्वयनमा आएपश्चात् धितोपत्र कारोबारको रकम समयमै राफसाफ तथा फर्छ्यौट हुने सुनिश्चितता भई उक्त कार्य थप प्रभावकारी रूपमा यथा समयमा नै सम्पन्न हुने, धितोपत्र कारोबारमा निहित प्रणलीगत जोखिम न्यूनीकरण हुने, लगानीकर्ताले समयमा नै धितोपत्र बिक्रीबापतको रकम प्राप्त गर्ने र धितोपत्र कारोबार थप गतिशील हुन सहयोग पुग्ने बोर्डले विश्वास लिएको जनाइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…