Khabarpato logo

         

अर्थ/वाणिज्य

अपि पावरको हकप्रद शेयरको लागि आवेदन खुल्यो, कहाँबाट दिन सकिन्छ आवेदन?

खबरदाता

खबरदाता

अपि पावरको हकप्रद शेयरको लागि आवेदन खुल्यो, कहाँबाट दिन सकिन्छ आवेदन?

अपी पावर कम्पनी लिमिटेडले आज अर्थात २० जेठदेखि २९.३८ प्रतिशत हकप्रद शेयरको लागि आवेदन खुला गरेको छ ।  

कम्पनीले चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १:०.२९३८ को अनुपातमा हकप्रद शेयर निश्कासन गरेको हो। जसअनुसार १०० अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीलाई धितोपत्र बोर्डले गत २९ बैशाखमा निश्कासनको अनुमति दिएको थियो । कम्पनीको हकप्रद शेयरको लागि लगानीकर्ताले असार ९ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन् । 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको काठमाण्डौको हात्तीसारस्थित कार्यालय, अपी पावरको काठमाण्डौको थापाथलीस्थित कार्यालय, मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

यसका साथै  धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट तथा मेरोशेयर अनलाइनबाट पनि शेयरका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीले यसअघि कम्पनीले १:०.४७ को अनुपातमा गत  १४ कात्तिकदेखि ४ मंसिर सम्म हकप्रद निश्कासन गरी बिक्री गरिसकेको छ। 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…