Khabarpato logo

         

अर्थ/वाणिज्य

नेप्सेमा उछाल: परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड

खबरदाता

खबरदाता

नेप्सेमा उछाल: परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड

आइतबार शेयर बजारको परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड बनेको छ ।

आज नेप्से परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेर नयाँ रेकर्ड बनेको हो । आइतबार १२.६ अंकले बढेर नेप्से २८२८ अंकमा कायम भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो । 

एकै दिन १७ अर्ब २ करोड रुपैयाँको शेयर किनबेच भएर कारोबार रकममा पनि अर्को रेकर्ड बनेको छ । एकै दिन यति धेरै रकमको कारोबार भएको पहिलो पटक हो । यसअघि १४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको रेकर्ड छ । 

यस दिन बैंकिङ १९, होटल तथा पर्यटन १३५, विकास बैंक २५५, फाइनान्स ८३, निर्जीवन बीमा ६४, जीवन बीमा ९६ अंकले बढेका छन् । 

ब्यापार ३२, उत्पादन ५, अन्य ५४, माइक्रोफाइनान्स ७४ अंकले घटे । जलविद्युत र लगानी समूह भने १ अंकमुनि रातो रहे।

आज ज्योति विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो भने घलेम्दी, आँखुखोला हाइड्रो, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, साइन रेसुङ्गा, सोल्टी होटल, ओरियन्टल होटल, खानीखोला हाइड्रो, सिन्धु विकास बैंक, जोशी, दिव्यश्वरी हाइड्रो, संग्रिला डेभलपमेन्टको मूल्य साढे ९ प्रतिशतदेखि १० प्रतिशतसम्म बढ्यो । समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स र युनियन हाइड्रोको मूल्य ९ प्रतिशतले बढ्यो । 

बरुण हाइड्रो र हिमालय ऊर्जा विकासको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । यस दिन कारोबारका आधारमा नेसनल हाइड्रोपावर, अरुण काबेली, युनाइटेड मोदी, बुटवल पावर कम्पनी र अपि पावर अगाडि रहे ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…