Khabarpato logo

         

अर्थ/वाणिज्य

१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत (पूर्ण पाठसहित)

खबरदाता

खबरदाता

१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत (पूर्ण पाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेका हुन् ।

सरकारले चालू आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ ठूलो आकारको बजेट ल्याएको छ । चालू आवका लागि गत वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।

आगामी आवमा सरकारले चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ, जसमा तल्लो सरकारलाई जाने रकम जोडिएको छैन ।

त्यस्तै, पुँजीगत खर्चका लागि ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ भने तल्लो तहमा जाने अनुदान रकम भने ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ छुट्याइएको छ ।

कोरोना महामारीले मुलुकलाई आक्रान्त पारेको समयमा सरकारले आगामी आवमा राजस्व संकलनको लक्ष्यमा समेत वृद्धि गरेको छ । आगामी आवमा राजस्वबाट १० खर्ब २४ अर्ब राजस्व संकलन हुने लक्ष्य सरकारले राखेको छ । यस वर्ष वैदेशिक अनुदानबाट ६३ अर्ब रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको छ भने विदेशी विकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण लिइने भएको छ ।

त्यसबाट पनि अपुग हुने रकम २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण लिइने जनाइएको छ । यसअघिको बजेटमा सरकारले चालू आवमा राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो ।

कोरोना महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिएको छ भने सबैभन्दा ठूलो रकम शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ ।

हालको सबैभन्दा ठूलो समस्या कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले ३७ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ ।

सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ, जुन चालू आर्थिक वर्षको बजेटको हाराहारी नै रहेको छ । चालू आर्थिक वर्षका लागि उक्त शीर्षकमा ४३ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट छुट्याएको थियो । साथै सरकारले मेलम्चीको दोस्रो परियोजना सुरु गर्ने घोषणा पनि गरेको छ ।

त्यस्तै, काठमाडौँ-तराई द्रुतमार्ग निर्माणका लागि अगामी वर्षका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले ४ वर्षभित्र काम सक्ने गरी २१ वैशाख २०७४ मा सुरु गरेको द्रुतमार्ग परियोजनाको अहिलेसम्म १९ प्रतिशत मात्र काम भएको छ ।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने लक्ष्य घोषणा गरेको छ । प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने र त्यसका लागि ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस पटकको बजेटमा सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता १ हजार रुपैयाँ बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री पौडेलले बजेट सार्वजनिक गर्दै सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको जनाएका छन् । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

तत्कालीन मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१/०५२ को बजेटमा पहिलो पटक सुरु गरेको वृद्ध भत्ताको नीति निकै लोकप्रिय मानिएको थियो ।

पछिल्लो पटक तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा वृद्ध भत्ता १ हजार रुपैयाँ बढाएर ३ हजार रुपैयाँ पुर्‍याएका थिए ।

यस बजेटमार्फत् सरकारले २०८८ सालसम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ, जसको अध्ययनका लागि विज्ञसहितको कार्यदल गठन गर्ने पनि जनाइएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । १ वर्षभित्र यस राजमार्गको निर्माण गरिसक्ने घोषणा गरिएको छ । ३० वर्षअघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै बनिसकेको छैन ।

त्यस्तै, पूर्व-पश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १० अर्ब ३ करोड रुपैयाँ बजेट छुट्याएइको छ । चालू आर्थिक वर्षमा सरकारले रेलमार्गका लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

मन्त्री पौडेलले आगामी आवमा सरकारले ४ वटा अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए, जसमध्ये सबैभन्दा बढी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ ।

सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । गत वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

त्यस्तै, नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको छ । पत्रकारलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि गरिने भएको छ ।

त्यसैगरी शनिबार सार्वजनिक गरिएको बजेटमा सरकारी कर्मचारीको तलबमा मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ ।

सरकारले स्नातक वा सोभन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम ५ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपालब्ध गराउने घोषणा गरेको छ । 

त्यसैगरी निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई सत प्रतिशत, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरिएको छ ।

त्यसैगरी वर्षमा २० लाख रुपैयाँ सम्म कारोबार गर्ने व्यवसायीलाई आय करमा ९० प्रतिशत छुट दिने घोषणा गरिएको छ भने २० लाखदेखि ५० लाख रुपैयाँसम्म करोबाबार गर्नेलाई आय करमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । त्यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिइएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा कोभिडबाट अत्यधिक प्रभावित होटल, ट्राभल, चलचित्र उद्योग, संचार, हवाई कम्पनीको करयोग्य आयमा १ प्रतिशत मात्र आय कर लाग्ने व्ववस्था गरिएको छ ।

केही अर्थविद्हरूले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेको कामचलाउ सरकारले ल्याएको बजेट चुनावमुखी देखिएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस् बजेटको पूर्ण पाठ:

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…