Khabarpato logo

         

राजनीति

बालस्वास्थ्य र सुरक्षामा ध्यान दिन कन्सोर्टियम नेपालको अपिल

खबरदाता

खबरदाता

बालस्वास्थ्य र सुरक्षामा ध्यान दिन कन्सोर्टियम नेपालको अपिल

बाल सहभागितामा काम गर्ने संस्थाहरूको साझा समूह कन्सोर्टियम नेपालले कोभिड-१९ महामारीको समयमा बालबालिकाको सुरक्षालाई विशेष प्राथमिकतामा राख्न र स्थानीय तहको वार्षिक सहभागितात्मक योजना निर्माण प्रक्रियामा उपयुक्त वैकल्पिक माध्यममार्फत बालबालिकाहरूको विचार र सहभागिताको सुनिश्चितता गर्न सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै अपिल गरेको छ ।

अहिले तीनै तहका सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेका छन् । नीतिगत रूपमा नै स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा बालबालिकाहरू समेतको सहभागिता सुनिश्चित गरिएको छ । स्थानीय तहहरूले आफ्नो ७ तहको योजना निर्माण प्रक्रियाका क्रममा बाल भेलासमेत गर्नुपर्ने भन्दै यस पटक कोरोना महामारीमा बालबालिकाको विषयलाई अझै प्राथमिकतामा राख्न जरुरी रहेकामा कन्सोर्टियमले जोड दिएको छ ।

'कोभिड- १९ महामारीको दोस्रो लहरको वर्तमान अवस्थामा बालबालिकाहरू पनि प्रभावित भएका छन् । बालबालिहरूमा जोखिम बढ्दो छ । बालबालिकाहरूको पढाइ अवरुद्ध भएको छ । मनोरञ्जनात्मक र अतिरिक्त क्रियाकलापहरूमा सहभागिता कम भएका कारण बालबालिकाहरूमा मनोसामाजिक समस्या पनि देखिएको छ', कन्सोर्टियम नेपालको अपिल पत्रमा लेखिएको छ ।

बालबालिकाहरूमा हिंसाको जोखिम र बढ्दो अनलाइन माध्यमको प्रयोगमा अनलाइन सुरक्षाको सवालमा समेत विशेष ध्यान पुग्नुपर्ने कन्सोर्टियमको अपिलमा उल्लेख छ । 

महामारीको समयमा बालबालिकाहरूको सुरक्षाका लागि सबैको उचित ध्यान र लगानी पनि हुनुपर्छ भन्दै उनीहरूका लागिसमेत खोपको सुनिश्चितताका लागि आवश्यक पहल गर्न प्रदेश सरकार तथा संघ सरकारसँग कन्सोर्टियमले आग्रह गरेको छ ।

कोभिड- १९को दोस्रो लहर र निषेधाज्ञालाई मध्यनजर गर्दै वैकल्पिक माध्यम (भर्चुअल बालभेला, अनलाइन सुझाव संकलन, एमएमएस सुझाव, फोन सुझाव, बालक्लबहरूसँग सुझाव संकलन आदि)मार्फत बालबालिकाहरूको आवाज सुनिदिन कन्सोर्टियमको अपिल रहेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…