Khabarpato logo

         

राजनीति

'अध्यादेशमार्फत शासन चलाउन खोज्नु विधिको शासनको उपहास': पूर्वप्रधानन्यायाधीशहरू

खबरदाता

खबरदाता

'अध्यादेशमार्फत शासन चलाउन खोज्नु विधिको शासनको उपहास': पूर्वप्रधानन्यायाधीशहरू

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको कदमले संविधान नै समाप्त हुने खतरा बढेको  पूर्वप्रधानन्यायाधीशहरूले बताएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै ४ जना पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्माले संविधानको मूल मर्मविपरीत कदम चाल्दै राष्ट्रपति र प्रधानमन्त्री संविधान समाप्तिको बाटोमा अघि बढेको बताएका हुन् ।

'नियमित सरकारद्वारा विभिन्न समस्याहरूको सम्बोधन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरू संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरीत दिशातर्फ संविधान कार्यान्वयन भइरहेको आभास हुन्छ', विज्ञप्तिमा भनिएको छ ।

पूर्वप्रधान्यायाधीशहरूले ११ फागुनको सर्वोच्चको फैसलामा संविधानको धारा ७६ का सबै प्रावधानका पूर्ण पालना गर्नुपर्ने भनिए पनि प्रधानमन्त्रीले संविधानको धारा ७६ (३) अनुसार नियुक्तपछि विश्वासको मत नलिएर अदालतको फैसलाको पालना नगरेको उनीहरूको भनाइ छ ।

बारम्बार प्रतिनिधिसभा विघटन गरी अध्यादेशमार्फत शासन चलाउन खोज्नु र पूर्ण बजेट ल्याउन खोज्नुलाई उनीहरूले 'विधिको शासनको उपहास' भनेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…