Khabarpato logo

         

राजनीति

जसपा पनि विभाजनको संघारमा, सोधे एकअर्कालाई स्पष्टीकरण

खबरदाता

खबरदाता

जसपा पनि विभाजनको संघारमा, सोधे एकअर्कालाई स्पष्टीकरण

पछिल्लो समय सत्ता समीकरणमा 'हिसाब-किताब' नमिलेका कारण जनता समाजवादी पार्टीमा विवाद बढ्दै जाँदा एक समूहले अर्को समूहलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ ।

जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई खेमाले ४ जना नेता महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेको छ ।

जसपा अध्यक्ष ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका थिए । यादव पक्षले भने ठाकुरलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ ।

पछिल्लो समय विकसित घटनाक्रममा ठाकुर र महतो खेमा प्रधानमन्त्री केपी ओलीसँग नजिकिएको छ भने यादव र डा. बाबुराम भट्टराई खेमा विपक्षी गठबन्धनमा सहभागी भएको छ ।

दुवैले एकअर्कालाई स्पष्टीकरण सोधेपछि जसपा विभाजनतर्फ अग्रसर भएको अनुमान गरिएको छ । ठाकुरले यादवलाई पार्टी निर्णयविपरीत गतिविधि गर्दै हिँडेको भन्दै स्पष्टीकरण सोधेका छन् ।

यादव खेमाले भने ओलीको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमदाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको भन्दै ठाकुरलाई स्पष्टीकरण सोधेको छ ।

यादव खेमाले जसपाको संसदीय दलको नेता बनेका राजेन्द्र महतोलाई पनि ६ बुँदे स्पष्टीकरण सोधेको छ ।

महतोलाई सोधिएको स्पष्टीकरणमा ओलीको कदमलाई साथ दिएको, संसदीय दलको विधान बनी नसकेको अवस्थामा केका अधारमा संसदीय दलको नेता बनेको ? भनेर जबाफ मागिएको छ ।

विधानविपरीत पार्टीमा स्वेच्छाचारिता लाद्न खोजेको, गुटबन्दी गरेको, पार्टीको अनुशासन भंग गराउन खोजेको विषयमा कारबाही किन नगर्ने ? भनेर महतोलाई स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै, यादव पक्षले जसपा नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ५ बुँदे स्पष्टीकरण सोधेको छ ।

यादव पक्षले कर्ण र शुक्ललाई स्पष्टीकरण सोध्दै ओलीको कदमलाई साथ दिएको, संसदीय दलको विधान बनी नसकेको अवस्थामा राजेन्द्र महतोलाई के आधारमा संसदीय दलको नेता स्वीकार गरेको ? भनी जबाफ मागेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…