Khabarpato logo

         

राजनीति

झलनाथ-माधवले नयाँ पार्टी खोल्दै

खबरदाता

खबरदाता

झलनाथ-माधवले नयाँ पार्टी खोल्दै

नेकपा एमालेले आज साधारण सदस्यसमेतबाट निश्कासन गरेका नेता झलनाथ खनालले नयाँ पार्टी खोल्ने बताएका छन् । आफूहरूलाई पार्टीले गरेको कारबाहीको कुनै अर्थ नरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनका ‘गद्दार’ भएको आरोप लगाउँदै कम्युनिस्ट आन्दोलनका गद्दारले गर्ने कथित कारबाहीले केही फरक नपर्ने पनि खनालले बताए ।

खनालले नयाँ पार्टी गठन गर्ने विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायत ११ जना सांसदलाई आजै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको थियो । 

एमाले स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई निश्कासन गरेको हो ।

शनिबार स्पष्टीकरण मागिएका खनाल, नेपाल, भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निश्कासन गरेको एक स्थायी कमिटी सदस्यले बताए । 

निश्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, नीरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्कासमेत छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…