Khabarpato logo

         

राजनीति

१४६ जना सांसदको हस्ताक्षरसहित रिट दर्ता, प्रतिनिधिसभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री माग

खबरदाता

खबरदाता

१४६ जना सांसदको हस्ताक्षरसहित रिट दर्ता, प्रतिनिधिसभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री माग

गत ७ जेठ मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

विपक्षी गठबन्धनका १४६ जना सांसदहरूले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेस गरेको दाबीलाई अस्वीकार गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिक र ३ मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । राष्ट्रपतिको उकेत कदमलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले सोमबार रिट दायर गरेका हुन् ।

प्रष्ट बहुमतसहित प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक भएको उनीहरूको ठहर छ । 'संसदमा बहुमत देखाउन सक्दिनँ' भनेर वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिलाई अनुरोध गरेका प्रधानमन्त्री ओलीलाई फेरि प्रधानमन्त्रीमा दाबी गर्न जाने हक नभएको विपक्षी सांसदहरूको जिकिर छ ।

रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न पनि माग गरिएको छ । १४९ जना सांसदको हस्ताक्षरसहित देउवाले गरेको दाबी वैधानिक भएकाले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिनुपर्ने रिट निवेदकहरूको माग छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…