Khabarpato logo

         

अर्थ/वाणिज्य

नेप्सेले बनायो नयाँ इतिहास, राजनीतिक घटनाले कुनै प्रभाव पारेन

खबरदाता

खबरदाता

नेप्सेले बनायो नयाँ इतिहास, राजनीतिक घटनाले कुनै प्रभाव पारेन

साताको पहिलो कारोबार दिन नेप्सेले अल टाइम हाईको नयाँ रेकर्ड कायम गरेको छ । यस दिन नेप्से परिसूचक ३२.८१ अंक बढेर २८२० विन्दुमा बन्द भएको छ । यो नेप्सेको इतिहासमै हालसम्मकै उच्च विन्दु हो ।

नेप्से परिसूचकको वृद्धि सँगसँगै कारोबार रकमले पनि उच्च रेकर्ड बनाएको छ । यस दिन बजारमा ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको कारोबार भएको छ । जम्मा २२० वटा कम्पनीको २ करोड ५१ लाख ६३ हजार कित्ता शेयर खरिद-बिक्री भएको छ ।

आइतबार १६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लेभलमा कारोबार हुनेमा कर्णाली डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मार्दी, कालिका पावर, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सका रहेका छन् । यीसहित १२४ वटा कम्पनीको शेयरमा हरियाली छाएको छ । 

त्यसैगरी रुरु जलविद्युत परियोजना, समता घरेलु लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्तलगायत ५२ वटा कम्पनीको शेयरमा गिरावट आएको छ भने ३ वटा कम्पनीको शेयरमा कुनै परिवर्तन आएन । 

१३ उपसमूहमध्ये १० वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ वटा उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक र फाइनान्स उपसमूहको परिसूचकमा उछाल आएको छ । विकास बैंक उपसमूहमा सर्वाधिक ७.५४ प्रतिशत वृद्धि भएको छ भने फाइनान्स उपसमूहको परिसूचक ६.७६ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन लघुवित्त र ननलाइफ इन्स्योरेन्स उपसमूहमा झिनो अंकको गिरावट आएको छ । 

बजार खुलेको केही समयमा राताम्यै बनेको बजार आधा घण्टापछि उकालो लागेको थियो । हिजोको राजनीतिक घटनाक्रमले बजारमा असर पार्न सक्ने अनुमानको विपरीत बजारले नयाँ गति लिई इतिहास रचेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…