Khabarpato logo

         

राजनीति

७ जना मन्त्रीको नियुक्ति बदर गर्न आदेश

खबरदाता

खबरदाता

७ जना मन्त्रीको नियुक्ति बदर गर्न आदेश

सर्वोच्च अदालतले सांसद पदबिनै दोस्रो पटक मन्त्री बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट,  प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दाबा तामाङलाई तत्काल काममा नलगाउन आदेश दिएको छ । 

यस्तो आदेशसँगै यी मन्त्रीहरू तत्कालका लागि पदमुक्त भएका छन् । 

थापा गृहमन्त्री, रायमाझी ऊर्जामन्त्री, भट्ट उद्योगमन्त्री, साह शहरी विकासमन्त्री, थापा खानेपानीमन्त्री, चौधरी श्रममन्त्री र तामाङ खेलकुदमन्त्री थिए । उनीहरू सबै माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका हुन् ।  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले यी मन्त्रीको पुनः नियुक्ति संविधानको मूल मर्म र भावनाविपरीत देखिएको भन्दै उनीहरूलाई तत्काल कुनै कामकारबाही नगर्न आदेश दिएको हो । अन्तरिम आदेशसँगै सर्वोच्चले १५ दिनभित्र लिखित जबाफ पेस गर्नसमेत भनेको छ । 

गृहमन्त्री रहेका बादल भने बाग्मती प्रदेशबाट राष्ट्रियसभाका लागि आज भएको चुनावमा निर्वाचित भएमा पुनः मन्त्री बन्ने बाटो खुला हुनेछ । ३१ वैशाखमा उनीहरूले दाेस्राे पटक मन्त्रीको शपथ लिएका  थिए । 

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएकालाई पनि मन्त्री नियुक्त गर्न सकिने व्यवस्था छ । तर, यसरी नियुक्त भएका मन्त्रीले शपथ खाएको ६ महिनापछि सांसद बनिसक्नुपर्ने शर्त राखिएको छ । निर्धारित समयभित्र सांसद बन्न नसके पुनः मन्त्रीमा नियुक्त हुन नसक्ने संविधानमा व्यवस्था छ । 

२७ वैशाखमा केपी ओली सरकारले विश्वासको मत लिन नसकेपछि सबै पदमुक्त भएका थिए । त्यसपछि ठूलो दलको हैसियतमा ओलीले साविक मन्त्रिपरिषद्का सदस्यलाई ब्युँताएर पुनः शपथ खुवाएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…