Khabarpato logo

         

अर्थ/वाणिज्य

शेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम हालसम्मकै उच्च

खबरदाता

खबरदाता

शेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम हालसम्मकै उच्च

साताको चौथो दिन नेप्से सूचक १३.०९ अंकको गिरावटसँगै २७८०.८१ विन्दुमा पुगी रोकिएको छ भने सेन्सेटिभ सूचक पनि घटेको छ ।

यस दिन २१४ वटा कम्पनीको २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४१० रुपैयाँमा कारोबार भएको छ । करोबार रकमले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो । मंगलबारको उच्च कारोबारको रेकर्डलाई तोडी आज नयाँ रेकर्ड बनाएको हो । 

यस दिन करोबारमा आएका ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । करोबारका हिसाबले पुनर्बीमा कम्पनी लिमिटेड यस दिन पनि अग्रस्थानमा रह्यो । यस कम्पनीको ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेसनल लाइफको ४५ करोड ३४ लाख, नेसनल हाइड्रोको ३० करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन बजारमा ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । समता घरेलु लघुवित्त, रुरु जलविद्युत, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

त्यसैगरी ङादी ग्रुप पावरको शेयर मूल्य सबैभन्दा धेरै ६.८८ प्रतिशतले घटेको छ भने युनाइटेड मोदीको ५.९२ प्रतिशत, नेपाल हाइड्रो डेभ्लपर्सको ५.७० प्रतिशत, युनिभर्सल पावरको ५.६० प्रतिशत र रैराङ हाइड्रो पावरको ५.३५ प्रतिशतले घटेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…