Khabarpato logo

         

राजनीति

प्रधानमन्त्री ओलीसमेतलाई आयोगले भन्यो- 'आचारसंहिता उल्लंघन नगर्नू, कारबाही हुन्छ'

खबरदाता

खबरदाता

प्रधानमन्त्री ओलीसमेतलाई आयोगले भन्यो- 'आचारसंहिता उल्लंघन नगर्नू, कारबाही हुन्छ'

राष्ट्रियसभाका रिक्त पदमा ६ जेठमा हुने निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतले निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा रामबहादुर थापा बादलका पक्षमा मत मागेको प्रति लक्षित गर्दै त्यसप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

निर्वाचन आयोगले आचारसंहिताविपरीत केही व्यक्तिले विज्ञप्तिमार्फत मत मागेकामा ध्यानाकर्षण भएको जनाएको हो ।

‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही संचार माध्यमहरूले उम्मेदवारको जीत-हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तर्वार्ता लिनेजस्ता गतिविधिहरू गरेको देखिएकाले यसतर्फ आयोगको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बाग्मती प्रदेशमा ६ जेठमा हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि ३ जेठ राती १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा उम्मेदवारको पक्षमा मत माग्नु निर्वाचन आचारसंहिताविपरीत हुन्छ ।

निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानुनबमोजिम कारबाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचारसंहिताविपरीत कार्य गर्नेको अभिलेख राख्ने विज्ञप्तिमा उल्लेख छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…