Khabarpato logo

कला/साहित्य

उतैबाट

प्रथा

प्रथा

उतैबाट

गोठ पनि उतैबाट
गाई पनि उतैबाट आयो
दारु पनि उतैबाट
भारु पनि उतैबाट आयो
पुजारी पनि उतैबाट
र, पुण्य पनि उतैबाट आयो !

°°°

तन्त्र पनि उतैबाट
मन्त्र पनि उतैबाट आयो
ओयल पनि उतैबाट
गोयल पनि उतैबाट आयो
खास पनि उतैबाट
र, दास पनि उतैबाट आयो !

°°°

गन्ती पनि उतैबाट
जन्ती पनि उतैबाट आयो
तस्कर पनि उतैबाट
लस्कर पनि उतैबाट आयो
पत्रकार पनि उतैबाट
र, सरकार पनि उतैबाट आयो !

°°°

हेर्दै जानुस्
बर्दी पनि उतैबाट
उर्दी पनि उतैबाट आउँछ
बाक्सा पनि उतैबाट
नक्सा पनि उतैबाट आउँछ
डण्डा पनि उतैबाट
र, झण्डा पनि उतैबाट आउँछ !

°°°

नआत्तिनुहोस् हजुर !
तलब थाप्ने खाता
संविधान छोप्नलाई गाता
छातीमा थाप्ने गोली
माग्नलाई बोक्नुपर्ने झोली
कन्दनी बाट्ने धागो
र, घाटमा चिता जलाउने आगो 
सबैसबै उतैबाट अनुदानमा आउँछन् !

°°°

अहिलेलाई
कोरोना कहर खपेर
फोक्सोमा सास रोकेर
नमरुञ्जेल आशा बोकेर
कार्बनडाइअक्साइड रूख रोपेर
भजन गाउँदै गरौँ- 'राष्ट्रवादी सरकार जिन्दावाद !'

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि