Khabarpato logo

         

अर्थ/वाणिज्य

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

खबरदाता

खबरदाता

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट गरेको छ । शेयरको बाँडफाँट शेयर निश्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले गरेको हो । अनलाइनमार्फत बाँडफाँट गरेको आईपीओमा २ लाख ३४ हजार १९५ जनाले १० कित्ता शेयर हात पारेका छन् ।

कम्पनीले कुल जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निश्कासन गरेको थियो । निश्कासन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको थियो ।

आईपीओमा सर्वसाधारणका तर्फबाट १०.५२ गुणा बढी आवेदन परेको थियो । कुल आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ जनाले २ करोड ४६ लाख ५७ हजार ३५ कित्ता शेयरका लागि दिएको आवेदनमात्र योग्य रहेको थियो भने १६ लाख ३७ हजार ६५९ कित्ता शेयरका लागि ४८ हजार ३२२ जनाले दिएका आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

आईपीओ निश्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी आईएस रेटिङ प्रदान गरेको थियो । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

आईपीओको रिजल्टको कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट तथा आइपीओरिजल्टसिडीएससीडटकमडटएनपी मा क्लिक गरी हेर्न सकिन्छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…