Khabarpato logo

         

राजनीति

'सरकारभन्दा हाम्रो एजेन्डा महत्त्वपूर्ण' : ठाकुर

खबरदाता

खबरदाता

'सरकारभन्दा हाम्रो एजेन्डा महत्त्वपूर्ण' : ठाकुर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सोमबार राति  एक विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा जसपा (नेपाल) का लागि सत्ता प्राप्तिभन्दा आफ्ना एजेण्डा सम्बोधन नै आफ्नो पार्टीको मूल उद्देश्य रहेको प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने बेला तटस्थ बसेको ठाकुर खेमाले '…मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत…' हुने बताएको हो ।

ठाकुरले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा हुदैआएको वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन् ।

उता जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव भने वर्तमान ओली नेतृत्वको सरकारलाई विदा विदा गर्ने पक्षमा सक्रियतापूर्वक सहभागी हुँदै सोमबार प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मतदानसमेत गरेका थिए ।

प्रधानमन्त्री ओली पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, २०७२ को धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन दलहरूलाई आव्हान गरिसकेकी छन् । राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि ३० वैशाखसम्मको समयसीमा दिइएको छ ।

राजनीतिक बिश्लेषक एवं संबैधानिक ज्ञाताहरूका अनुसार जसपाको ठाकुर खेमा प्रधानमन्त्री ओलीतर्फ रह्यो वा तटस्थ रह्यो भने अथवा, एमालेका सबै २८ जना सांसदहरूले राजिनामा दिएनन् वा पदमुक्त गरिएनन् भने, नेकपा (एमाले) बाहेकका दलहरू मिलेर धारा ७६(२) बमोजिमको सरकार गठन हुनसक्ने सम्भावना छैन ।

त्यस्तो अवस्थामा धारा ७६(३) बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुनेछन् ।

 

 

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…