Khabarpato logo

         

स्वास्थ्य

भारतीय प्रजातिको कोरोना भाइरसबारे ड्ब्ल्युएचओको चेतावनी

एजेन्सी

एजेन्सी

भारतीय प्रजातिको कोरोना भाइरसबारे ड्ब्ल्युएचओको चेतावनी

भारतमा फैलिएको B.1.617 नामक नयाँ प्रजातिको कोरोना भाइरस अधिक संक्रामक रहेको र भ्याक्सिनलाई पनि बढी असर पुर्याउने खालको भएको भन्दै विश्व स्वास्थ्य संगठन (ड्ब्ल्युएचओ) ले विश्वस्तरमा चेतावनयुक्त संदेश जारी गरेको छ ।

ड्ब्ल्युएचओद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'हामी आधिकारिक रुपमा यसलाई विश्वस्तरमा चिन्तित बनाउने खालको भेरियन्ट घोषणा गर्दछौं' ।

गत डिसेम्बरको अन्त्यतिर भारतमा पहिलो पटक पत्ता लागेको उक्त प्रजातिको कोरोना भाइरसको एउटा सुरूवाती  रुप २०२० को अक्टोबर महिनामा नै पहिचान भएको थियो ।

हाल प्रतिदिन ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिइरहेको भारतका लागि डब्ल्यूएचओले अक्सिजन, औषधि, स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री खरिद गर्नका लागि आवश्यक कोष जम्मा  गर्ने उद्देश्यले 'टुगेदर फर इन्डिया’ नामक अभियान सुरु गर्ने घोषणासमेत गरेको छ ।

यसअघि नै उक्त भारतीय प्रजातिको कोरोना भाइरस धेरै देशहरुमा फैलिसकेको र  यसको थप फैलावटलाई रोक्न धेरै मुलुकहरूले भारतसँगका हवाई उडानहरू रोकिसकेका छन् ।

चिकित्सक एवं स्वास्थ्य बिश्लेषकहरूले यो प्रजातिको भाइरसबाट हुने संक्रमण तथा मृत्युदर उच्च रहेको  बताउँछन् । साथै उक्त भाइरसबाट संक्रमित बिरामीहरुलाई अक्सिजनको अत्यधिक मात्रा आवश्यक पर्नेसमेत जनाइएको छ ।

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…