Khabarpato logo

         

मुख्य

संसद बैठक विषेश : प्रधानमन्त्रीले विश्वासको मत लिन मतदान सुरू(अपडेटसहित))

खबरदाता

खबरदाता

संसद बैठक विषेश : प्रधानमन्त्रीले विश्वासको मत लिन मतदान सुरू(अपडेटसहित))

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विषेश अधिवेशन बाट विश्वासको मत लिने प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया शुरु हुँदैछ ।

पहिलो बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गरेका थिए । 

त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएएको संसदको दोस्रो बैठक पुनः सुचारु भएको छ । उक्त दोस्रो बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुनेछ । 

केहीबेरअघि बसेको नेकपा (एमाले) को माधवकुमार नेपाल-झलनाथ खनाल खेमाको स्थायी कमिटी बैठकले आफ्ना खेमाका सांसदहरू विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहने निर्णय गरेको छ ।

केहीबेर रोकिएर सुरू भएको बैठकमा विश्वासको मतसम्बन्धि प्रस्ताव पेस गर्न प्रधानमन्त्री केपी शर्मा ओली बोल्न सुरु गरेका छन् । विश्वासको मत लिने प्रस्ताव पेशगर्ने क्रममा बोल्दै ओलीले कोरोना खोपका विषयमा आफूमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले यदि कसैले भ्रष्टाचार गरेको भए अक्षम्य हुने र छानबिन गरेर कारबाही गर्ने बताए ।

ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताए । प्रधानमन्त्री ओलीले कोभिड महामारीमा जनताको जीवन रक्षा पहिलो शर्त भएको उल्लेख गर्दै भ्याक्सिन अभाव भएपनि सरकारले दक्षिण एसियामा भारतपछि बढी खोप ल्याउन सफल भएको दावी गरे । उनले सरकारले पीसीआर टेष्ट, आईसीयू भेन्टिलेटरको समेत व्यवस्था गरेको जनाउँदै यस्तोमा पनि कसैले भ्रष्टाचार गर्छ भने यस्तो अपराध अक्षम्य हुने र छानविन गरेर कारबाही गरिने बताए ।

विश्वासको मतको प्रस्तावमाथि सांसदहरूले बोल्नेक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको यस्तो भयावह अवस्था आउनुमा सरकार जिम्मेवार भएको बताउदै
कमिसनका कारण खोप आउन नसकेको दाबी गरेका छन् । सरकार नै भ्रष्टाचारमा संलग्न भएको भन्दै देउवाले जनताको जीवन रक्षा गर्ने औषधिमा भ्रष्टाचार गर्नु जनतताविरुद्धको अक्ष्यम्य अपराध भएको बताए ।

पहिलो लहरमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको र अहिले खोपमा भ्रष्टाचार भएको भन्दै उनले भने, ‘…व्यापारिक घरानाहरुलाई पोस्न तपाईंले नेपाली जनताको जीवन दाउमा लगाउनुभएको इतिहासले बिर्सन्छ'?

सभापति देउवाले 'जनताका लागि अक्सिजनको व्यवस्था गर्न नसक्ने, आक्सिजन बेड, आईसीयू, भेन्टिलेटर र अस्पतालको अभावमा जनतामा मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्रीले भाषणमा आत्मरति र आत्मप्रशंसा गर्नु विडम्बनाबाहेक के हुनसक्छ?' भनेर प्रश्न गरे ।

त्यसैगरी विश्वासको मत लिने प्रस्तावको छलफलमा आफ्नो धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई 'यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने तपाईंसँग नैतिक अधिकार छ'? भनेर प्रश्न गरेका छन् ।

दाहालले प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिएर आएका हुन् कि भन्ने आशंका पनि व्यक्त गरेका थिए । 

विगतमा प्रतिनिधिसभा विघटन गर्ने बुझेर माओवादीले समर्थन जारी राखेको दाहालको भनाइ थियो ।

अध्यक्ष दाहालले अहिले विश्वासको मत लिने कुरा स्वाभाविक एवं प्राकृतिक नलागेको र नाटकीय लागेकोे उल्लेख गर्दै नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत माग्नका लागि अधिवेशन बोलाएकोले आशंका उब्जेको जनाएका थिए ।

उनले संविधानमा यसरी अधिवेशन बोलाउने व्यवस्था नरहेको जनाए । साथै प्रधानमन्त्रीले अपनाएको प्रक्रिया लोकतान्त्रिक र संविधानसम्मत नरहेको पनि उनको कथन थियो ।

त्य्स्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभाको उक्त बैठकलाई सम्बोधन गर्दै आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिएको र  विश्वासको मतको पक्ष र विपक्ष कतैपनि नलाग्ने बताएका छन् । 

आफूहरू राजजनीतिक रुपमा पीडित रहेको जनाउदै अध्यक्ष ठाकुरले भने, 'हाम्रो सांसद जेलमा छन् । रेशम चौधरीलाई यहाँ देख्न चाहन्छौं । तर उहाँ जेलमा हुनुहुन्छ' ।

अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारिखमा बस्ने अवस्था रहेको सुनाउदै ठाकुरले यो गम्भीर त्रुटिहरू रह्र्को संविधान संशोधनको आफ्नो माग पूरा नभएको बताए ।

सोही सन्दर्भमा आफ्नो विचार व्यक्त गर्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने बताएका छन् ।

उनले प्रधानमन्त्रीले अस्ति गरेको संसद विघटनको कुरा उक्काउदै प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘संसद असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो । जनता सडकमा आए । सर्वोच्चले पुनर्स्थापित गरिदियो । जुन संसदमा विश्वास छैन, कसरी मत दिने' ।

यादवले पनि संविधानमा त्रुटि रहेको जिकिर गर्दै संघीय गणतन्त्रलाई नै प्रधानमन्त्री ओलीले धरापमा पार्न लागेकाले पनि समर्थन जनाउन नसकिने बताए । 

त्यसपछि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिदै प्रधानमन्त्री ओलीली संसद्को विश्वास आफूमाथि नरहेमा नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, 'संसद्को विश्वास ममाथि छ भन्ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ' ।

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विषेश बैठकमा ओलीले आगामी दिनमा संवाद, सहमति, एकताका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्दै आफू प्रक्रिया अपनाउन संसदमा आएको सुनाए ।

प्रधानमन्त्री ओलीले संविधानको कार्यान्वयन उचित ढंगले गर्न आफू दृढ रहेको ओलीको भनाइ राख्दै आफूले कुनै जालझेल र तिकडम नगर्ने ठोकुवा गरे ।

आफूलाई विश्वासको मत प्राप्त नहुने भन्ने पनि बुझेको बताउदै ओलीले थपे, 'अलिअलि परिस्थिति मैले पनि देख्या छु । कसको उपस्थिति छ, कसको छैन ? किन उपस्थित छ, किन छैन ? ती पनि बुझ्या छु' । साथै प्रधानमन्त्रीले प्रतिनिधिसभा फेरि विघटन हुने आशंका नलिन पनि ओलीले आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिएसँगै विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदानको प्रक्रिया सुरू भैसकेको छ ।

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Law slaps Oli's move again! Supreme Court decides House dissolution to be unconstitutional

Law slaps Oli's move again! Supreme Court decides House dissolution to be unconstitutional

Prime Minister KP Sharma Oli's move of dissolving the House of Representati…

'We don't allow foreign interference': President Xi

'We don't allow foreign interference': President Xi

On the occasion of the centenary celebrations of the Communist Party of China (…

Emilio Flores Marquez(112 years old) is world's oldest living man

Emilio Flores Marquez(112 years old) is world's oldest living man

Emilio Flores Marquez, born in Carolina, east of the Puerto Rican capital of Sa…

It's Enough! Stop it and Start a New Way

It's Enough! Stop it and Start a New Way

Sticking on the Prime Minister's chair, KP Sharma Oli has been playing with…