Khabarpato logo

         

राजनीति

नेपाल-खनाल खेमाले ओलीलाई दिएको समयसीमा सकियो, उक्त खेमाका सांसदहरूको बैठक बस्दै

खबरदाता

खबरदाता

नेपाल-खनाल खेमाले ओलीलाई दिएको समयसीमा सकियो, उक्त खेमाका सांसदहरूको बैठक बस्दै

नेकपा (एमाले) का नेपाल–खनाल निकट खेमाले अध्यक्ष ओलीलाई दिएको समयसीमा अहिले बिहान ९:०० बजे समाप्त भएको छ । उक्त खेमा निकट सांसदहरुको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा अहिले साढे नौ बस्ने बताइएको छ । स्रोतअनुसार उक्त बैठकमा प्रधानमन्त्री ओलीलाई दिएको समयसीमा एवं सोमबार संघीय संसदमा हुने  विश्वासको मतको विषयमा छलफल हुँदैछ ।

उक्त खेमाले आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको अल्टिमेटम दिएको थियो । एकताको प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने चेतावनीसमेत दिइएको थियो ।

सहमतिको प्रयासमा गरिएको आइतबारको वार्ता असफल भएपछि नेपाल-खनाल खेमाको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।

नेता नेपालले बैठक लगत्तै ओलीबाट २३ फागुनयता भएका कमजोरी औंल्याउँदै अध्यक्ष ओलीलाई पत्र पठाएका  थिए । उक्त ६ बुँदे मागसहितको पत्रमा पार्टी एकता कायमै राख्न आग्रह गरिनुका साथै निम्न विषयहरू अघिसारिएका थिए :

(१) २ जेठ २०७५ अगाडिकै अवस्थामा पार्टी सञ्चालन गरिनुपर्ने ।

(२) २८ फागुनयता भएका सबै निर्णय रद्द गरिनुपर्ने ।

(३) पार्टी विधि, विधान र पद्धति अनुरुप चल्नुपर्ने ।

(४)  एकअर्कामा लगाइएको आरोपहरुबारे आगामी दिनमा समीक्षा गरी निर्णय लिनुपर्ने ।

(५) सरकार र पार्टी बीचको सम्बन्ध सुमधुर बनाउने ।

(६)  पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने अनि यथा समयमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने ।

अन्यथा सांसद पदबाट राजीनामा दिन बाध्य हुने नेता नेपालको चेतावनी  थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उक्त पत्रको विषयमा 'पार्टीको एकता कायम राख्न आग्रह' लेखिएको थियो ।

नेपाल-खनाल खेमाले पार्टीलाई २०७५ जेठ २ अगाडिकै अवस्थामा फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय फिर्ता गर्नुपर्ने बटमलाइन बनाएको छ । यद्यपि अध्यक्ष ओली यी दुवै माग पूरा गर्नुपर्ने पक्षमा नभएको बताइन्छ ।

पछिल्लो समय दुवै पक्षका नेताहरुबीचको छलफललाई तीव्रता दिदै आइएको भए तापनि निष्कर्ष निस्किएको छैन । दुवै खेमाले एक-अर्कालाई आरोपित गर्ने क्रमले मात्र निरन्तरता पाइरहेको र जनता समाजवादी पार्टी (जसपा) ले एकताबद्ध भएर ओलीका विरुद्ध लाग्ने औपचारिक निर्णय गरिसकेको अवस्थामा आज हुने संसदको विषेश अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना देखिदैन । 

 

 

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…