Khabarpato logo

         

स्वास्थ्य

भारतमा बढ्दो कोरोना महामारी, एकै दिन ४ लाख १४ हजार बढी संक्रमित

खबरदाता

खबरदाता

भारतमा बढ्दो कोरोना महामारी, एकै दिन ४ लाख १४ हजार बढी संक्रमित

भारतमा कोरोना संक्रमणको दर झन् बढिरहेको छ । त्यहाँ  विगत २४ घन्टामा ४ लाख  १४ हजार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १८ लाख २६ हजार ४ सय ९० नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको थियो । भारतम गत शुक्रबार यता प्रत्येक दिन ४ लाख बढी संक्रमित थपिइरहेका छन् ।

त्यस्तै पछिल्लो समय भारतमा कोरोनाले मृत्यु हुनेको संख्या पनि उक्लिइरहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार ८३ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा हालसम्म २ करोड १४ लाख ९१ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७६ लाख संक्रमणमुक्त भएका छन् ।

भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ४५ हजारभन्दा बढी छ भने त्यहाँ मंगलबारसम्ममा करिब १६ करोड ४९ लाख डोज खोप लगाइसकिएको छ ।

अमेरिकापछि भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये दोस्रोमा स्थानमा रहेको छ ।

 

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…