Khabarpato logo

         

राजनीति

राष्ट्रपतिद्वारा संसदको विशेष अधिवेशन आह्वान : प्रधानमन्त्रीले विश्वासको मत लिने

खबरदाता

खबरदाता

राष्ट्रपतिद्वारा संसदको विशेष अधिवेशन आह्वान : प्रधानमन्त्रीले विश्वासको मत लिने

मन्त्रिपरिषद्को आज आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाख सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

अहिले बजेट अधिवेशन बोलाउनुपर्ने भए पनि प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ट पार्न आवश्यक ठानेको भनेर सिफारिस आएकाले राष्ट्रपतिले प्रतिनिधिसभाको मात्र अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, '… आफूमाथि प्रतिनिधिसभाको विश्‍वास छ भन्‍ने कुरा स्पष्ट गर्न आवश्यक ठान्‍नुभएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम … प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।'

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि उसले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सरकार निर्माणका लागि पहल गरिरहेको छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ । जनता समाजवादी पार्टीभित्र सरकार गठनका सम्बन्धमा विभाजित मत रहेका छन्  । यस्तो परिवेशमा प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन बोलाउनुलाई अर्थपूर्ण रूपमा लिनुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…