Khabarpato logo

कला/साहित्य

'पियारी'को फिमेल भर्सन सार्वजनिक

खबरदाता

खबरदाता

'पियारी'को फिमेल भर्सन सार्वजनिक

‘पियारी’को फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)

पछिल्लो समय युट्युब, टिकटकदेखि सामाजिक संजालमा निकै रुचाइएको देउडा शैलीको गीत ‘पियारी’को फिमेल भर्सन सार्वजनिक भएको छ । लाइमलाइट नेपाल युट्टुब च्यानलबाट बिहिबार गीतको भिडियो सार्वजनिक गरिएको हो । 

नवगायिका विशाखा शाही ठकुरीको स्वरमा रेकर्ड भएको गीत  हृदयस्पर्शी बनेको छ । जोसेफ शाही ठकुरीले स्वरमा रहेको ओरिजिनल गीतमा घरमा जहान सम्हालिरहेकी ‘पियारी’लाई परदेशमा दुःख गरिरहेको श्रीमानले सम्झाइरहेको भाव भेटिन्थ्यो । विशाखाको स्वरमा रहेको यो गीतमा भने पियारीले परदेशमा रहेका पियारालाई आफू कस्तो अवस्थामा जीवन गुजारीरहेकी छु भन्दै जबाफ दिएको भाव छ । 

जोसेफ शाहीको शब्दमा कोसिस क्षेत्रीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । ए- वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन भने किशोर थापाले गरेका हुन् । 

फिमेल भर्सनमा स्वर मात्र होइन, गायिका विशाखाको अभिनय समेत हेर्न सकिन्छ । भिडियोमा विशाखासँगै पशुपति खनाल र अस्मिता सेन्चुरीको समेत अभिनय रहेको छ । राज पोखरेलको छायांकन रहेको भिडियोको सम्पादन र निर्देशनसमेत टेकेन्द्र शाहले गरेका हुन् । 

रियालिटी गायन प्रतिस्पर्धा ‘भ्वाइस अफ नेपाल सिजन- ३’ मा बाजुराका प्रतिभा धर्मेन्द्र सुनारले ‘पियारी’ गीत गाएर चारै जना निर्णायकको मन जित्न सफल भएपछि यस गीतलाई सर्वत्र रुचाइएको थियो । त्यसपछि ओरिजिनल गीतलाई पनि उत्तिकै रुचाइएको छ ।

हालसम्म युट्युवमा १८ लाखभन्दा बढी दर्शकले यस गीतको भिडियो हेरिसकेका छन् । पियारीको फिमेल भर्सनलाई लिएर पनि युटुयुबमा निकै उत्साहजनक टिप्पणीहरू आएका छन् । सार्वजनिक भएको १५ घण्टामा गीतको भिडियो २७ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि