Khabarpato logo

         

राजनीति

माधव नेपाललाई गोकुल बाँस्कोटाका अर्ति र उपदेश

खबरदाता

खबरदाता

माधव नेपाललाई गोकुल बाँस्कोटाका अर्ति र उपदेश

पत्रकारिताबाट राजनीतिमा 'हामफालेर' संचारमन्त्रीसमेत 'पड्काइसकेका' गोकुल बाँस्कोटा 'प्रस्ट' र 'हक्की' मानिन्छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको 'आशीर्वाद' पाउने अत्यन्त निकटका 'केटा'मा पर्छन् बाँस्कोटा ।

उनका निकटहरूका अनुसार बाँस्कोटा मात्र ओलीका यस्ता 'नजिकका' प्यारा हुन्, जसले ओलीसँग घरमा छोराछोरीले बाआमालाई 'दङ्ग्याएको' शैलीमा ओलीको अनुहार नहेरी ओलीलाई मज्जाले व्यंग्य गरेर 'दनक' दिन सक्छन् । र, ओली बाँस्कोटाको 'दनक'लाई बच्चाले रिसाएर प्याट्ट हानेको सम्झेर मुस्कुराइदिन्छन् ।

हुँदाहुँदा ओलीले बाँस्कोटालाई आफ्नै घर बासका लागि सुम्पिए पनि ।

तर, दुर्भाग्य ! बाँस्कोटालाई '७० करोड' काण्डले बेहाल बनायो । छँदाखाँदाको बाँस्कोटाको मन्त्रीको 'जागिर' त उड्यो नै, ओलीका 'प्रोपोगण्डा मिनिस्टर' अर्थात् 'गोयबल्स'का रूपमा हेरिएका उनको मन्त्री पद चट् भएपछि स्वयं ओलीलाई पनि सकस त भयो नै ।

यी सन्दर्भ गोकुल बाँस्कोटाको सामान्य परिचयात्मक पृष्ठभूमिका लागि मात्र । तर, उनको परिचय यो अत्यन्त सामान्य मात्र हो । यसभन्दा बढी परिचय यहाँ आवश्यक छैन ।

उनै बाँस्कोटा मन्त्री पद खुस्किएपछि र ७० करोड काण्डले 'डामिए'पछि उकुसमुकुस बन्दै आएका छन् । न पार्टीमा, न त सरकारमा चलखेल गर्ने अवस्थामा पुगेपछि सामाजिक संजालमै भए पनि आफ्ना 'दर्शन', 'उपदेश' दिन उनी चुकेका छैनन् । हुँदाहुँदा बाँस्कोटाले राजनीतिमा मात्र नभएर उमेरमा पनि बाबु समानका नेता माधव नेपाललाई राजनीतिक र व्यावहारिक अर्ति र उपदेश 'ठेलिरहेका' छन् ।

उनले गत १ वैशाखयता माधव नेपाललाई अर्ति दिनेदेखि नेपाल खेमाले ओलीविरुद्ध गरिरहेका क्रियाकलापबारे ओलीका पक्षबाट आलोचना पनि गरिरहेका छन् ।

हेरौँ बाँस्कोटाका ट्विट:

एमाले छोडेर एमाले खोज्न हिड्नु  र गलखेत बाँझो राखेर झोडा फाँड्न हिड्नु उस्तै हो।ड्यासिङ्ग हान वा टिच,क्लाइमेक्समा जाउ वा कोल्याप्स होऊ।कुरा त यहि नै हो।
१३ वैशाख

समुन्द्रको पीँधभन्दा पनि डीप लभ परेका समलिङ्गीहरुको प्रेमलापबाट कर्णालीमा के के न जन्मियो भन्ठानेको त क्यप्टेनसँग झोक चलेर आफै सवार जहाज प्वाल पार्ने चार मुसा जन्म्या रैछन,त्यो पनि जहाज बचाउन रे।छापामार सँगको लभ आइडियाको कमाल पनि देखियो।
५ वैशाख

कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब माधब नेपालले पाउदै आएको शङ्काको लाभको राजनीतिक  स्थान समाप्त भयो।अब उनको एउटा काम बँकी छ,त्यो हो -माओवादी समर्थन झिक्न रअविस्वास प्रस्ताव एकसाथ राख्न लाउने,त्यस पछि कार्वाही खाने बाटा लाग्ने।बस!!!
४ वैशाख

जबज छोड्न सक्दैनन।नेकपा एमाले दर्ता हुन सक्दैन।सूर्य चिन्ह पाउने होईन।प्रचण्ड मिलेर अध्यक्ष  र प्रम भइँदैन।अनि फेरि किन समानान्तर नाटक ? पार्टी  चल्ने आधार छैन भने पछिलाई विचार गर है ,तलतल बेतोड उफ्रने चुकेल्याङ्ग हो।
४ वैशाख

मैले ठोकुवासाथ भन्दिएकै थिँए-नेपालका कयौ मिडीया fake news production factory हुन।ती तथ्यद्वारा सत्य पुष्टि गर्न होईन, मालिकका ईच्छा पुरा गर्न कथाहरु बनाउन खप्पिस छन र पाठक प्रतिको जवाफदेहिता बाट मुक्त छन।र,यो नै हाम्रो मौलिक पुर्ण प्रेस स्वतन्त्रता हो।
४ वैशाख

माधब कमरेड, नयाँ वर्षको शुभकामना! तपाईंको पचास वर्षे राजनीतिक यात्रा जोखिममा छ।डीलबाट फर्कनुस र सयौको राजनीतिक जीवनको रक्षा ।किनभने यो समय तपाईं उद्देलीत हुने होईन,घोत्लिने हो।समय भन्छ-छेउको सियो माझैमा कोही बेला।जे गर्दै हुनुहुन्छ बिनास जे सोच्नु हुनेछ सृजनात्मक एकता शुभरात्री!!
१ वैशाख

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…