Khabarpato logo

         

कला/साहित्य

घट्टको घटट... !

प्रथा

प्रथा

घट्टको घटट... !

सिकुवामा पल्टिएर
जुँगामा ताउ लाइरहेको डिठ्ठा बूढो जस्तै
यो कुरूप पानीघट्ट
खोई कहिलेदेखि घुमिरहेछ- यो बस्तीमा ?

इतिहास रोएर
निस्किएको दारुण आवाज जस्तै
 यो घटट... घटट...घटट...
आखिरी किन नरोकिएको होला ?

°°°°

कति वर्षदेखि होला
शुद्धोधनजस्ता निरीह बाबुहरू
सहनाईका विरहसँगै एक्लै रोइरहेछन् ?
कहाँबाट पसे होलान्
यी पीडाका साउने भङ्गालाहरू
र, सिर्जनाका रङहरू पानीसँगै बगिरहेछन् !

कहिलेदेखि होला
यी आरूफूल जस्तै नानीहरू
राष्ट्रिय झण्डादेखि आतङ्कित बनिरहेछन् ?
र, बेठीका मुर्छना सुनेर
डिठ्ठाका यी कप्टी गैह्री खेतहरू
अब कहिलेसम्म
हाम्रै जिन्दगीमाथि अट्टाहास गरिरहन्छन् ?

°°°°

'मेरा घराँ कालीले उत्ताओस् हउर !
मालिक !
नखाया विषाँ क्यार्न पो लाग्चन, प्रभू !'
अनपेक्षित प्रलय झरेर
खर्लप्पै निलेको छ- मस्याङ्रीको आवाज !
थर्थरी काँपिरहेछन् 
बस्तीका सारा घरका पुराना घुरीहरू
फलैँचामा बसेर
आनन्द मुस्कुराइरहेछन्
डिठ्ठा बाजेसँगै जासुसी ठेकेदारहरू 
सायद
अब कुनै मन्दिरमा लगेर
धर्तीका अन्तिम छोराहरूको बलि चढाइनेछ !

°°°°

कुटमिराको हाँगो भाँचिएर
कन्याउरे खस्यो
पथ्थरे खोल्सीको ढुंगामाथि
र, एक हुल गिद्धहरू हिनहिनाउँदै ओर्लिए !
अब ब्युँझँदैन ऊ
सिकुवामा अलग्गै बसेर
टाँकीका पातमा बर्ने भैँसीको बिगउती खान !

अब कहिल्यै उभिँदैन ऊ
पटासीका जोताराहरू चुँडाएर
चोकमा मुक्ति संग्रामको पतका फहराउन !
अब पात्तिँदै फर्किंदैन ऊ
मर्यादाका सारा जुइनेटाहरू तोडी
मस्याङ्रीको वैँस पिएर- रातभरि मात्तिन !

°°°°

तुफान चलेर
रातैभरि रातहरू पटक्कै निदाएनन्
जूनको जवानी देखेर
जीर्ण कापबाट निस्किए सर्पहरू
र, निरन्तर पौडिन थाले
यौवन छचल्किएको नाङ्गो तलाउभरि !

अगेनो सेलाउँदै गयो
हिउँका पहाडहरू पग्लँदै ढल्न थाले
र, अन्तिम भरोसा टुटेपछि
अजङ्गको तरबार खस्यो- कोरली फूलमाथि !

आज लुगलुगी काँपिरहेछ
आफू उभिएको सुत्केरी जमिनको माटो !
मस्याङ्री अनायसै चिच्याउँछे-
'ओई बराजु मुर्दार ! मेराँ झ्याकौनीमा डुब्न्यास् !'

°°°°

आज मौन छन् 
कालीका उत्ताउला छालहरू
वनडढेलोले खाएर
उदासिएको वन जस्तै नि:शब्द छन् मनहरू !
डरलाग्दो भुकम्प फुटेर
मष्तिस्कभित्रै पृथ्वी विस्फोट भएजस्तै
आँखाबाट एकोहोरो झरिरहेछन्- अत्यासहरू !

पीडाको पोखरी भरिएर
छातीमा जोडले धक्का हान्न थालेपछि
मस्याङ्री फेरि चिच्याउँछे-
'हेइ जिन्नकी पनि बुत्याँ लौ, मुर्दार बराजु !'
ऊ आँखा चिम्लिन्छे 
र, कालीको छालमा झ्वाम्म हामफाल्छे  !
सूर्यास्त भएर होला
किरा टिपिरहेका सिमकुखुराहरू भुर्र उडे !

°°°°

फेरि उही नि:सारता पोखेर
घट्टको आवाज
इतिहास घुमिरहेछ- घटट... घटट... घटट... !

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…