Khabarpato logo

कला/साहित्य

आमा

भवानी खतिवडा

भवानी खतिवडा

आमा

आमाको काख जस्तो सुखसयल दिने ठाउँ अर्को हुँदैन
आमाको गाउँ जस्तो भयरहित हुने गाउँ अर्को हुँदैन
आमाको त्याग जस्तो जग झलल हुने कर्म अर्को हुँदैन
आमाको अर्चनाझैँ हितकर र महान् धर्म अर्को हुँदैन ।

आमा हुन् ज्ञानशाला हरपल उनमै सिर्जना-फूल फुल्छ
आमा नै दिव्यधर्ती विपुल हृदयमा प्रेरणा लाख खुल्छ 
आमा आराधना हुन् अटल धरहरा हुन् उनै भव्य धाम
आमा सत्साधना हुन् प्रकृति कृति बनी रङ्ग छर्छिन् तमाम ।

चिर्छिन् सारा चुनौती सघन तप गरी कर्ममा फुल्नलाई 
आमा हाँस्छिन् व्यथामा कटु बह सहजै प्यूँदछिन् मुस्कुराई 
पोखी प्रस्वेदधारा प्रतिपल जसले थाम्दछिन् सृष्टि भार
आमा हुन् दिव्य आभा कदम कदममा कालले मान्छ हार ।

आमालाई रुवाए मनुज हृदयमा धूलले छोप्न थाल्छ
आस्थामा चोट लागे भन अब कसले प्रेमको दीप बाल्छ
आमाको चित्त दुख्ता सकल सृजनले भन्छ धिक्कार जान
धर्तीले वेदनामा प्रलयसित रुँदा डग्छ चोखो इमान ।

देवी हुन् प्रेमले जो हृदय हृदयमा स्नेह सानन्द भर्छिन्
स्रष्टाको रूपमा जो मनुज-मगजमा चेतना नित्य छर्छिन् 
आमाको गीत जस्तो सुमधुर सुरिलो गीत अर्को हुँदैन 
आमाझैँ भव्य साँचो अनुपम गुणको साइनो पाइँदैन ।

[email protected]

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि