Khabarpato logo

         

अर्थ/वाणिज्य

आजको नेप्से: १५ अंकको वृद्धि, कसले कति कमाए ?

खबरदाता

खबरदाता

आजको नेप्से: १५ अंकको वृद्धि, कसले कति कमाए ?

आज नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८ मा पुगेको छ ।

आज १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर ५ अर्ब १९ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँमा कारोबार भएको छ ।

आज १२८ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी ३१ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

बिहीबार सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र ज्योति लाइफ इन्स्योरेन्स छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा हिमालयन ऊर्जा विकास कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, एचडीएचपीसी र चन्द्रागिरि हिल्स छन् ।

कारोबार फुकुवा भएपछिको पहिलो कारोबारमा विशाल बजार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयर मूल्य बिहीबार २८८ रुपैयाँले बढेर ३ हजार १६८ रुपैयाँमा पुगेको छ । 

त्यसैगरी सिन्धु विकास बैंकको शेयर पनि १० प्रतिशत अर्थात् २६ रुपैयाँले बढेर प्रतिकित्ता २८६ रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा एनसीसी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआईसी एसिया लघुवित्त, एचआईडीसीएल र नबिल बैंक छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…